Posted by: jhaukiri June 24, 2012
सोच !
Login in to Rate this Post:     0       ?        
 पहिले त सोचे ,
सोच्नलाई पनि कारण चाहिन्छ,
बिना कारण सोच्न कहाँ पाइन्छ |
 
संकीर्णताले छोयो,
जडसुत्रिय धारमा बग्दै थियो  
बग्दै के -----दगुर्दै थियो 
रेशको घनिभूत बिजमा   
सोचे --
हार्नको लागि  दगुर्ने ...
एक्लै कुदे'नि पक्कै हार्छ |
 
उत्सर्गको बिन्दु छ,
अहंकारको संसर्गमा... 
आलंकारिक मधुरता लिएर बग्ने 
रातो रंग 
परिभाषामा रगत होला
परिचयमा चेतना,
सोचे ---
कतै बिस्तारबादको सूचक त होइन
या मानसिक  विडम्बना !!
 
अम्बलीकरण भयो |
मतियारहरु बैचारिक ओजमा बस्दा 
स्वचालित अन्तरबिरोधको  
अनुशरण कसले गर्छ..
कसको हैसियत ?
सोचे ---
षड्यन्त्रकारी दर्शन इतिहासको पन्नामा लेख्ने 
भबितब्यका सन्तानहरु नै त  हुन् |
 
आवश्यकताको बन्ध्याकरण 
एउटा जीवन ...
एउटा दाउपेच ...
संशोधनवादी मार्गचित्रमा अविछिन्न 
पल्टिदा ...फेरी सोचे,
मुर्कट्टा बन्नेहरु ,नवआयामिक क्रान्तिमा लागे...
 सर्वहारा.....गुन्द्रुकमा अमिलो पस्ने प्रतिक्ष्यमा छन् | 
Last edited: 26-Jun-12 06:47 PM
Read Full Discussion Thread for this article