Posted by: Geology Tiger June 20, 2012
बिपत्ता भएको छोरा
Login in to Rate this Post:     0       ?        
गोर्खे ब्रो,

मलाई तिमी यही व्यक्ति भन्ने थाहा नभए पनि बस्टनको कुन नेपाली समूहबाट हो भन्ने अनुमानसम्म भने छ । तिमी साझामा नियमित रुपमा प्रतिकृयाहरु लेख्छौ । कुनै राम्रा लाग्छन्, कुनै ठिकै लाग्छन्, कुनै चाँही झुर लाग्छन् । तिमीले लेखेका कविताहरु मैले यो भन्दा अगाडि पनि पढेको थिए । तिम्रो कविता पढ्दा यस्तो लाग्छ तिमीले कुनै बिशिष्ट भाव प्रकट गर्न खोजिरहेका हुन्छौ । तर खै शब्दहरु को छनौटले गर्दा हो कि कवितामा तिनको स्थानले गर्दा हो कि तिमीले भन्न खोजेको कुरा म बुझ्नै सक्दिन । शायद यस्तो अनुभव साझाका अरु साथीहरुलाई पनि भएको होला । तसर्थ अलि सरल रुपमा आफ्नो भावलाई प्रस्तुत गरे अत्यन्त आभारी हुने थिए ।
Read Full Discussion Thread for this article