Posted by: _____ June 15, 2012
'कमल थापा ताम्सालिङ जेलको पहिलो कैदी
Login in to Rate this Post:     0       ?        
 होइन शेर्पा दाजु भाइ हरु साचै ज्यादै सोजो हुन्छन  कि क्या हो ?
जातिय संघियेता मन नपराउने हरुले जातिय संघियेता मा गयो भने जात जात बीच वैमनस्यता फैलिन्छ, मारकाट हुन्छ भनेर भन्छन
हाम्रो आंग काजी शेर्पा कहिले जिब्रो थुत्ने, कहिले आँखा निकाल्ने कुरा गरेर झन् जनता तर्साउनु हुन्छ, भनेपछि आंग काजि जी, तपाइएको भासण   सुनेर त जातिय संघियेता मन नपराउने हरुले ठिकै भनेका रैछन जस्तो लाग्यो.
अहिले देश पूर्ण गणतन्त्र मा गइ नसक्दा नै तपाई आँखा को गुच्छा खेल्ने, जिब्रो थुत्ने कुरा गर्नु हुन्छ, जातिय संघियेता मा गयो भने के होला? तपाइको शेर्पा राज्य मा त तिनी हरु को छाला काढिन्छ होला होइन ?

तपाइको कुरा सुन्दा कि त तपाइँ सारै सोझो, कि त सारै धुर्त हुनु हुन्छ.

सोझो येस्माने मा कि एस्तो बेबकुफ कुरा गर्दा जातिय संघियेता खत्तम हुन्छ भन्ने हरु नै ठिक देखिन्छन. म   पानि एक जातिय संघियेता बिरोधि हु, एस्तो भासण गरेर तपाइले नै, तपाइँ बेठिक, म  ठिक भन्ने प्रमाणित गरिदिनु भएको छ.
मलाई ठिक प्रमाणित गरिदिएको मा धन्यवाद तर तेस्तो सोझो पनि नहुनुस के, जातिय संघियेता को पक्च्या मा भासण गर्दा जातिय संघियेता मन नपराउने लाई ठिक भन्ने, अनी तपाईका भासण  सुनेर तालि बजाउने हरुलाई त के  भन्नु र खै
आंग काजि जी मलाइ मुर्ख मित्र भन्दा बुध्हिमान दुश्मन मन पर्छ


अनी तपाइँ लाई अती धुर्त येस्माने मा भने को कि हाम्रो नेपाल मा जसलाई जुन कुरा भन्नु छ त्यो तेस्को उल्टो कुरा गर्छ, राजनीति मा. मेरो बिचार मा तपाई भित्रि मन देखि, जातिय गणतन्त्र को त के कुरा गणतन्त्र कै बिरोधि हो . अब एतिबेला गणतन्त्र को बिरोध गर्दा गालि खाइएला भनेर कुरूप गणतन्त्र जातिय गणतन्त्र को वोक्लात गरेजस्तो गरि, फाल्तु जोकर जस्तो भासण गरेर, Indirect  रुप मा गणतन्त्र को बिरोध गरि रहनु भएको जस्तो लाग्यो, हो ?

जे सुकै भएपनि तपाइको भासण सुन्ने ले गणतन्त्र प्रति bitterness  develop  गर्छ,  कसरि भने . गणतन्त्र का समर्थक तर जातिय गणतान्रा मन नपराउने हरुले भन्छन
१. हे मुला , अहिले त एस्तो भासण  गर्दै हिन्छ, साछिकै जातिय गणतन्त्र आए एसले के गर्ला , एस्तो लाई सत्ता मा पुर्याउनु  भन्दा त गणतन्त्र न आएकै बेश.नेता जस्तो मान्छे को बुध्ही हेर न

२. हामीले भने कै हो नि जातिय गणतन्त्र आयो भने जातिय सद्भाव बिग्रिन्छ भनेर , बाउन छेत्री को रिस मा इनिहरु ले देश पानि बेच्छन

कुनै पानि गणतन्त्र मन नपराउने हरुले भन्छन

१. देखेउ तिमि हरु को नेता को चाल, एस्तो नेता को पछी लगेर हिड्ने तिमीहरु, देश लाई सोमालिया बनाउने ?
२. इनी हरुले विकास होइन बिनास गर्छन, आमसभा मा आँखा निकाल्ने, जिब्रो थुत्ने भासण गर्ने त तालिबान मात्र हो, तालिबान को पछी लगेर के भयो अफगानिस्थान को , देश  लाई एस्त जंगली नेता को भनाइ मा लागेर अफगानिस्तान  बनाउने
गणतन्त्र को उग्र समर्थन गरेजस्तो गरेर था नपाउने किसिम ले गणतन्त्र को बिरोध गरेको हो तपाइले ?  एस्तो हो भने त तपाइँ सारै धुर्त मान्छे हो बा, मान्नै पर्छ

ल भन्नुस आंग काजि जी, तपैले कसको सेबा गरि रहनु भएको छ ? गणतन्त्र बिरोधि को कि समर्थक को ??

 




Read Full Discussion Thread for this article