Posted by: _____ June 15, 2012
'कमल थापा ताम्सालिङ जेलको पहिलो कैदी
Login in to Rate this Post:     0       ?        

आङ्काजीले भने-’बिरोधमा बोल्नेको जिब्रो थुतेर कुकुरलाई दिन्छौं’

'कमल थापा ताम्सालिङ जेलको पहिलो कैदी'

 
 

अपडेटः ३:३० । अक्सर चर्को र अराजक बोलेर बिबादमा आउने जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले आफ्नै समुदायका नेताको जिब्रो थुतेर कुकुरलाई दिने चेतावनी दिएका छन् । माओवादीले खुलामञ्चमा आयोजना गरेको सभामा बोल्दै शेर्पाले भने-’मन्त्रीको लोभमा उनीहरुले पहिचानको बिरोधमा बोलिरहेका छन, खबरदार यसैगरी बोल्ने हो भने तिमीहरुको जिब्रो थुतेर असनको भुस्याहा कुकुरलाई दिनेछौं ।’ जातीयताको बिरोधमा रहेका कांग्रेस, एमालेका जनजाति नेताहरुप्रति उनको आक्रोश थिए ।

शेर्पाले राजाको पक्षमा बोलिरहने हो भने कमल थापालाई ताम्सालिङ राज्यको पहिलो कैदी बनाउने  चेतावनी दिए । ‘कमल थापा, अब पनि राजा ल्याउने कुरा गरिरहनुभयो, त्यसलाई छाड्नुभएन भने हतकडी लगाएर मुद्दा चलाउनेछौं ।’

आङ्काजीले नेता र सभासदलाई आची खाने कुकुरको संज्ञा पनि दिए । स्वर्गमा सुँगुरले आची खान पाइन्छ भनेर सोध्छ भन्ने किस्सा सुनाउँदै संविधान बनाउन गएका सभासदहरु सुँगुर जस्तै गरी आची खान प्रधानमन्त्रीको कुर्सीमा घुमेको भन्दै व्यंग्य गरे । प्रधानमन्त्रीको कुर्सीको आची खाने काम छाडेर सहमति र सहकार्यमा लाग्न उनले जोड दिए ।

उनले प्रचण्ड, झलनाथ खनाल र सुशील कोइरालाले सहमतिको नाममा राजधानीका सबै रिसोर्ट गएर अण्डा र टोस्ट खाँदा पनि प्रगति नभएको भन्दै व्यंग्य पनि गरे । उनले संविधानसभामा बहुमतीय प्रकृया शुरु किन भएन भन्दै पूर्व सभामुख र शीष नेताहरुसित प्रश्न पनि गरे । उनले माओवादी एकताले मात्र जातीय पहिचान सुनिश्चित हुन्छ भन्दै पार्टी एकतामा लाग्न मोहन वैद्यलाई आग्रह गरे ।

उनले मुख्य तीन पार्टीलाई जनजातिको दल बनाउने दावी गरेका छन् । ‘माओवादी, कांग्रेस र एमालेलाई अब आदिवासी जनजाति बनाएरै छाड्नेछु’ उनले भने -’यसकै लागि म सभामा भाग लिन आएको हो ।’ उनले आदिवासी जनजाति कुनै पार्टीको अधिनमा नबस्ने, सबैमा आफूहरुको नेतृत्व बनाउने दावी पनि गरे ।

माओवादी नेताहरुको मुक्त कण्ठले प्रशंसा गर्दै अरु दलका नेताहरुलाई उछित्तो काढे । कांग्रेस-एमालेको सभामा मान्छे जनजाति भएपनि विचार बाहुनवादी र माओवादी सभामा मान्छे बाहुनबादी भएपनि व्यवहार जनजाति भएको बताए । जातीय पहिचानको लागि सभा भएको भन्दै उनले माओवादीको प्रशंसा गरे । जातीय संघीयतामा जोड दिएको भन्दै उनले एमालेका मंगलसिद्धि मानन्धर र रामचन्द्र झाको पनि प्रशंसा गरे ।


http://onlinekhabar.com/2012/06/172172.html
 

Read Full Discussion Thread for this article