म मोरो खरिएको बहरजस्तो
ध्वासे म शिवरात्रिको रातमा पोल्दापोल्दै उछिट्टिए जस्तो
थेप्चे म मलपानी नपुगेर उम्रिएको मुला जस्तो
तैपनि हराभरा लटरम्म सौन्दर्यमा घुत्तुक्क थुक निल्ने
पुस्ट ति दानाहरुको स्वोप्नामा दाह्रा किट्दै कुनामा शिथिल बन्ने
सबैका हातमा पोटिला दाना मेरो पनि त रहरजस्तो
म मोरो ध्वासे गाई नपाएर खरिएको बहरजस्तो!
बढी बाठो बन्नुपर्ने, चिनेको भोलिपल्टै आफ्नो मान्नुपर्ने,
आफ्नै लागि बनेजतो ठान्नुपर्ने, फोनमा ठुलो गफ हान्नुपर्ने,
चाहिने भन्दा बढी जान्नुपर्ने, नमान्दा नमान्दै नि तान्नुपर्ने,
झ्याम्म गाला रातो हुदा चट्यांग परेको प्रहरजस्तो
म मोरो ध्वासे खर्रिएको बहरजस्तो!
पनौती म ढेदुवाको लहरजस्तो,
अरु जोसंग नि सजिलै जादा मेरो चाहि करजस्तो,
लौ त तिम्रै नाममा रातोदिन भित्तोमा पिच्किरी खेलम्ला, यो चाहि मेरो ठहर जस्तो,
म मोरो ध्वासे रनाहामा परेको बहरजस्तो,
ठ्वास ठ्वास गन्हाउने बाधेर राखेको बोकाजस्तो!!!