Posted by: _____ June 13, 2012
मधेशी युवाको तर्फबाट मधेशी नेताहरूलाई खुला पत्र आदरणीय नेतागण
Login in to Rate this Post:     0       ?        
मधेशी युवाको तर्फबाट मधेशी नेताहरूलाई खुला पत्र आदरणीय नेतागण

 

युवा देशका रक्षक र कर्णधार हुन्। युवा परिवर्तनका वाहक, आर्थिक उत्पादन, विकासका मेरूदण्ड र भविष्यका स्तम्भ पनि हुन्। देशको कूल जनसंख्याको करिब ३८220 युवा उमेर समूहका रहेका छन्। नेपालमा २००७ सालदेखिकै कालखण्डमा जति पनि परिवर्तनहरू भए त्यसमा मधेशी युवा पुस्ताको अग्रणी भूमिका रहेको छ। युवाकै साहसिक कदमबाट २०६२/०६३ को दोस्रो जनआन्दोलन, मधेश आन्दोलनसम्म आइपुग्दा ठूलठूला परिवर्तनहरू भएका छन्। परिवर्तन त ठूलठूला भयो तर यसको उचित व्यवस्थापन हुन नसक्दा युवा जमात गन्तव्यहीन बनेका छन्।
निश्चित विचार र राजनैतिक उद्देश्यका लागि संगठित हुन, वैचारिक गतिविधि एवम् सामाजिक कार्य गर्न, भ्रष्टाचार तथा असामाजिक कार्यको विरोध गर्न र जनपक्षीय काम गर्नका लागि सबै युवाको अधिकार र जिम्मेवारी हो। तर आजका युवाको स्थिति यस्तो छैन। अधिकांश युवा ठेक्कापट्टा, कालाबजारी, तस्करीमा संलग्न हुन थालेका छन्। सार्वजनिक सम्पत्ति वन, नदी तथा सार्वजनिक संस्था विद्यालयमा आफ्नो नियन्त्रण खोज्न थालेका छन् र उनीहरू चन्दा असुलीजस्ता कार्यमा व्यस्त हुन थालेका छन्।
आजका मधेशी युवा पुस्तामा आफ्ना तत्कालका समस्यालाई नै प्रधान ठान्ने प्रवृत्ति बढेको छ। मूल उद्देश्यबाट विचलित हुन थालेका छन्। साझा सवालहरूबाट पलायन हुन थालेका छन् र उनीहरूमा ठूला शक्ति वा समूहको पछाडि लाग्ने संस्कारको विकास हुन थालेको छ। अर्थात् उनीहरू ठूला शक्ति वा राजनीतिक दलका नजिक रहेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न सकिन्छ र आफूले गरेको असामाजिक, अवाञ्छित कार्य क्षम्य हुनेछ भन्ने सोचबाट ग्रस्त रहेको देखिन थालेको छ। यस प्रकारको दृष्टिकोण र प्रवृत्तिले आज देशमा अराजकता, हत्या, असुरक्षा र जनतामा त्रासको वातावरण बन्न पुगेको छ।
त्यस्तै, राजनैतिक दलहरू पनि युवा शक्तिलाई आफ्नो नजिक र प्रभावमा राख्नका लागि तत्पर रहन्छन्। दलहरू युवा शक्तिलाई सत्ताको भर्याजङ बनाउन उनहरूलाई आपराधिक क्रियाकलापमा संलग्न गराउन उद्यत छन्। 
देशमा रोजगारको अभावले गर्दा लाखौं मधेशी युवा जोखिमपूर्ण र सस्तो मूल्यमा श्रम बेच्न बाध्य छन् र विदेशी भूमिमा आफ्नो पुरूषार्थको लिलामी झल्दै छन्। उनीहरू दैनिक जीवन निर्वाहका समस्यामा तडपिरहेका छन्। तर, मुलुकमा युवाहरूको हक अधिकारको रक्षा, शिक्षा, स्वास्थ्य, रोजगारका नाममा युवा संगठनहरू भ्रष्ट र अपराधीपूर्ण स्वार्थमा केन्द्रित भइरहेका छन्। अहिलेको अवस्थामा मधेशी युवालाई कसरी संगठित गर्ने? कुन प्रकारको कार्यशैली अपनाउने? युवालाई कसरी उत्तरदायी बनाउने, युवाहरूमा राष्ट्र र राष्ट्रियताप्रति प्रेम र सकारात्मक सोचको विकास कसरी गर्ने भन्ने राज्यले ध्यान दिनुपर्ने विषय हुन्। युवा के चाहन्छन् भन्ने बुझेर सरकारले त्यसप्रति चासो राख्न सकेको छैन, जसको कारणले गर्दा मुलुक आर्थिक, सामाजिक विकासको बलियो आधार बन्न सक्ने युवाशक्ति निष्त्रि्कय अवस्थामा छन् भने केही विदेशी माटोमा पसिना बगाउँदै छन्। युवा शक्तिलाई मधेशको विकासका लागि प्रयोग गर्न सक्ने हो भने विकासको गति तीव्र हुने थियो र मधेशको अनुहार पनि फेरिने थियो।
मधेश मा अहिले सयौंको संख्यामा गैरसरकारी (क्ष्ल्न्इ) संस्थाहरू क्रियाशील छन्, जसले युवा शक्तिलाई कौडीको भाउमा उपयोग गरिरहेका छन्। सामाजिक, राष्ट्रिय र राजनैतिक भूमिकाविहीन अवस्थामा पुर्याछइरहेका छन् उनीहरूले युवा जगतलाई।
मधेशी युवाको भविष्य त झनै दिनप्रति दिन अन्धकारमा पर्दै गइरहेको छ। अपराध, हत्या, हिंसा, लुटपाट, डर त्रासलाई आफ्नो कर्तव्य ठानी यहाँका युवाहरू मधेशमा संघर्षरत सशस्त्र समूहको जालोमा फँस्दै गइरहेका छन्।
अर्कोतर्फ मधेशवादी दलहरूमा निरन्तर भइरहने विग्रह र विखण्डनले मधेशी दलहरूमा आबद्ध युवाहरूमा पनि अहिले ठूलो वेदना छ। कुनै समय यस्तो विग्रह र विखण्डन नेपालको साम्यवादी आन्दोलनमा होमिएका पार्टीहरूमा देखिन्थ्यो। सद्भावना पार्टीका चार भन्दा बढी समूहहरू छन्, मधेशी जनअधिकार फोरममा पनि चार भन्दा बढी समूहहरू छन्। तराई मधेश लोकतान्त्रिक पार्टी पनि दुई वटा समूह बनेको छ। त्यस्तै, सशस्त्र संघर्षरत समूह जयकृष्ण गोइतले खोलेका तराई जनतान्त्रिक मुक्ति मोर्चा आधा दर्जन भन्दा बढी समूहहरू विभक्त भएको छ। मधेशवादी राजनीतिमा पहिलो दुःखान्त फोरमको विभाजन नै हो। विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकको नेतृत्व समूहमा मधेशी जनता मधेश आन्दोलनको वास्तविक तस्वीर र विरासत देख्दैनन् तर दुःखद कुरो यही नेपालको सबैभन्दा ठूलो मधेशवादी दल बनेको छ। वास्तवमा यो एउटा त्यस्तो यथार्थ हो, जसले मधेशी युवाहरूमा निराशा र कुण्ठा ल्याएको छ। फोरमको विभाजनपछि कतिपयले तमलोपालाई वैकल्पिक मधेशवादी दलको रूपमा चित्रित गरेका थिए तर तमलोपा त झनै कमजोर र काँचको महल जस्तो देख्न थालिएको छ।
मधेशका युवाको हातमा किताब र सिर्जनाका औजार हुनुपर्नेमा बन्दुक, बारूदजस्ता विध्वंशात्मक वस्तु थमाइएको छ। गम्भीरपूर्वक विचार गर्ने हो भने यसको सम्पूर्ण जिम्मेवारी मधेशवादी दल र मधेशमा सशस्त्र संघर्षरत संगठनहरूले लिनुपर्छ। युवालाई अनुशासित, संयमी, सहनशील, नैतिकवान, चरित्रवान र मधेशसहितको राष्ट्र निर्माणप्रति समर्पित बनाउनुको साटो कथित नेताहरूले उनीहरूलाई उद्दण्ड, संस्कारविहीन र जातिविशेष विरूद्ध उक्साएर यस क्षेत्रको सामाजिक सद्भावलाई छिन्नभिन्न पारेका छन्। क्षणिक फाइदाका लागि नेताहरूले जुन गल्ती गरिरहेका छन् त्यसको सिकार उनीहरू आफैं पनि एक दिन हुने निश्चित छ। यहाँका युवालाई शिक्षाको महत्व, सीपमूलक तालिमको आवश्यकता, इमान्दारिता, लगनशीलता, शालिनता र निरन्तर प्रयासको आवश्यकतालाई बुझाउनुको साटो नेताहरूले आफ्नो सत्ताको सिढी बनाएर उपयोग मात्र गरिरहेका छन्। 
मधेशवादी दल मात्र होइन, अन्य राजनीतिक दलका नकारात्मक गतिविधिका कारण बन्द हडताल, धम्की, अपहरण, फिरौती, हत्या, हिंसा विगत ४/५ वर्षदेखि मधेशको पर्याय बन्न थालेका छन्। फलतः मधेशका उद्योग, कलकारखाना साथै विभिन्न निजी संस्थाहरू, बहुराष्ट्रिय कम्पनीहरू बन्द भइसकेका छन्। यसरी नेताहरूको गलत कार्यनीति र युवालाई 'झोले' बनाउने प्रवृत्तिले आज यहाँका युवाहरू पथभ्रष्ट र दिशाविहीन भइरहेका छन्। 
मधेशमा दण्डहीनता, विधिको शासन, कानूनी राज्य, मानवअधिकार, कुशासनको पराकाष्ठा नाघिसकेको छ। यही कारणले आज मधेशको शिक्षा प्रणाली खस्कदो र नाजुक अवस्थामा छ। युवासँग सर्टिफिकेट छ, तर ज्ञान छैन, स्कूल, क्याम्पस, विश्वविद्यालयहरू छन् तर राम्रो संस्कार सिकाउने मर्यादा, अनुशासन, शालीनता, नैतिकता, आत्मबल, आत्मबोध, आत्मालोचना र आत्म मूल्यांकनको पाठ पढाउने पाठशाला छैन।
मधेशवादी दल र तिनका नेताहरूले मधेशका युवालाई टायर बाल्न, ढुंगा हान्न, मसाल जुलुस निकाल्न त सिकाए तर उनीहरूलाई श्रमदान गरेर सडक खन्न, बालविवाह, छुवाछुत तथा दहेज प्रथा विरूद्ध संगठित भएर आवाज उठाउन सिकाएनन्। 
मधेशको पछौटेपन, गरिबी र विभेद, जुम्लाको अभाव र बाजुराको भोकमरी आम राजनीतिक दलका नेताहरूका लागि स्वार्थको नीति बन्दै गएको छ। हाम्रा राजनीतिक दलका नेताहरूले आफ्ना तुच्छ राजनैतिक अभीष्ट पूरा गर्न युवाहरूलाई हिंसक र झोले बनाउने चलन बढ्दै गइरहेका धेरै प्रमाणहरू छन्। मधेशका भनाउँदा ठूला राजनीतिक दलका ठूला नेताहरूका छोराछोरीहरू विदेशस्थित ऋय्कदचष्मनभ, इहायचम र ज्बचखबचम जस्ता विश्वविद्यालयहरूमा महंगो शुल्क तिरी गुणस्तरीय शिक्षा हासिल गरिरहेका हुन्छन् भने गरिब आम नेपाली विद्यार्थीको पहुँचमा रहेको देशकै त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविदालय जस्ता विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई यी राजनीतिक दल यिनका नेताले क्षणिक स्वार्थ र झुठ्ठा क्रान्तिकारी कुरा गरी उत्तेजित पारी गलत ठाउँमा प्रयोग गरिरहेका हुन्छन्। 
पढाई, अनुसन्धान र अध्ययनका शिलशिलामा विद्यार्थीले राजनीतिकवाद, राजनीतिक दर्शन र सिद्धान्तको गहन अध्ययन र उच्च महत्वका साथ बुझेर आउन सक्यो भने राजनीतिक दलमा बुद्धिमान नेता, राष्ट्रमा राजनेता र समग्र देशमा सक्षम जनशक्तिको उत्पादन हुन्छ र अन्ततः देश प्रगतिशील दिशामा लम्कन्छ। विचार र व्यवहारले संकीर्ण, क्षमताको हिसावले शून्य र अध्ययन र अनुसन्धानमा रूचि नभएकाहरू भागेर विभिन्न राजनैतिक नेताहरूका वरपर घुम्ने र विस्तारै आसेपासे र झोलेका रूपमा विद्यार्थीहरू परिणत हुनुले देशको भविष्य बारे सहजै अनुमान लगाउन सकिन्छ। 
अहिले मधेशी युवाको नाममा काठमाडौंको चारतारे होटेलमा ठूल्ठूला गोष्ठी हुन्छन् तर मधेशी युवा अनभिज्ञ हुन्छन्। यसो हेर्दा झट्ट लाग्न सक्छ, राजतन्त्र ढलेको छ, पहाडे हुकुमै शैली ढलेको छ, तर सामन्ती संस्कार ढलेको छैन। मात्र व्यक्ति फेरिएको छ। अहंकारवादी चरित्र र 'साहेवगिरी' हुकुमी शैलीको प्रवृत्ति अहिले मधेशी शासकहरूमा बसाई सरेको छ। अहिले मधेशमा  युवोहरू मधेशी शासकहरूबाटै बढी अपमानित र हिनताबोध गर्छन्।
मधेशी वीर युवा शहीदहरूको रगतमाथि रमाउने मधेशमा जन्मेका कथित राजनीतिक दल वास्तवमा राजनीतिक दल होइनन् यी मधेशको गाउँघरतिर लाग्ने हटियाका फिरन्ते व्यापारी सरह हुन्। दाम पायो भने आफ्नो श्रीमती समेत बेच्ने प्रवृत्ति छ यी व्यापारीहरूमा। यिनीहरू आ–आफ्नो शक्ति केन्द्रको इशारामा क्षणिक फाइदा र आर्थिक लाभ तथा आयआर्जनका लागि खोलिएका रेष्टुरेन्ट सरह हुन्। यिनीहरूसँग साँच्चै मधेशवादी दर्शन र राजनीतिक विचार छैन।अपहरण काण्डमा संलग्न , भ्रष्टाचार मा संलग्न, त्यस्तै कुटनीतिक राहदानी बित्री गर्ने, चार तलामाथि झयालबाट कुर्सी फाल्ने, बिजुली चोनबाट मधेशी जनताले के अपेक्षा गर्ने के मधेशी शहीदको रगत यस्तै चर्किकलाका लागि भएको थियो?
हे! नेता हो शहीद परिवारको सम्मानस्वरूप सम्मानपत्र होइन, इमान्दारीसाथ स्वतन्त्रता र मुक्तिको लडाइ लड। आज मधेश आन्दोलनमा भएको उत्सर्ग र मधेशी शहीदका आकांक्षा विस्मृतिमा पर्ने हो कि भनने चिन्ताले म जस्ता हजारौं मधेशी युवा विद्यार्थीलाई सताइरहेको छ। शहीदको रगत अवमूल्यन गर्योन भने म जस्ता मधेशी युवाहरू तिमी कथित मधेशी नेताहरूविरूद्ध विद्रोह गर्न बाध्य हुनेछौं। 
अहिलेका मधेशी शासकहरू पनि शासक नभई 'नेता' बन्नुपर्छ। त्यसका लागि व्यापक सुधारको आवश्यकता छ। 
 सत्ता स्वार्थ छलकपट, अविश्वास, असहमति,  आरोप, प्रत्यारोप। 
 दलगत आन्तरिक किचलो, दलिय हठ। 
पूरानो सोच्न त्याग्न नसक्नु। 
 समाजमा उठेको समस्याको सही जड पत्ता लगाउन नसक्नु। 
 द्वन्द्वलाई समान्जस्यता गर्न नसक्नु। 
दुरदर्शीताको अभाव, पूर्वतयारी नहुनु
 एकले अर्कालाई असक्षम ठान्ने प्रवृत्ति। 
अरूलाई दोष लगाउने आफू जिम्मेवार नबन्ने। 
 असम्भव आश्वासन दिनु। 
विभाजित हुने र सत्तामा टिकिरहने षड्यन्त्र। 
 सभासद्को पदलाई राम्रो पैशा कमाउने जागिर ठान्नु। 
मधेशी शासकहरूमा रहेको अपरिपकता, अदूरदर्शिता तथा जातीय, वर्गीय अहंकारवादको अन्त्य
व्यक्तिगत रूपमा शक्ति सम्पन्न र प्रभावशाली बन्ने दाउपेचको अन्त्य 
विदेशी प्रभुबाट आर्थिक सहयोग पाउने आशमा कमी 
सत्ता र शकको उन्मादको अन्त्य
सत्तालोलुपता, हैकमवादी र तानाशाही प्रवृत्तिको अन्त्य
अतः अब मधेशी शासकहरू शासक नभई नेता बन्नुपर्छ, त्यसका लागि मधेशी नेताहरूमा अध्ययन, अनुसन्धान, प्रशिक्षण, पारदर्शिता, धैर्य, त्याग, बलिदान, समर्पण, आपसी समन्वयको आवश्यकता देखिन्छ।
 
मधेशीमाथिको यो विभेद र मधेशी भएकै कारणले गर्दा गरिदै आएको उत्पीडनको गतिमा गिरावट आएन भने स्वायत्त मधेश होइन 'स्वतन्त्र मधेश'को माग उठ्न थाल्नेछन् र मजस्ता हजारौं युवाहरू कुर्बानीका लागि हाँसी–हाँसी ज्यान दिन तयार हुनेछन्। यसतर्फ सबै सरोकारवालाहरू सचेत हुनु जरूरी छ।
प्रेषक
रोशन कुमार झा
काठमाडौं स्कुल अफ ल

http://www.weeklynepal.com/index.php/2011-08-02-03-02-55/182-weekly/2011-08-09-01-42-16/2011-08-09-02-00-45/13464-2012-06-01-05-53-41
 

Read Full Discussion Thread for this article