Posted by: champ June 12, 2012
एक महिला सामूहिक बलात्कारको सिकार ।
Login in to Rate this Post:     0       ?        
पाँचथर, २४ जेठ । पाँचथरको सदरमुकाम फिदिममा एक महिला सामूहिक बलात्कारको सिकार बनेकी छिन् ।

फिदिम—१ स्थित सनिवारेमा व्यापार सञ्चालन गरेर बसेकी सुब्बा थरकी ती महिलालाई गएराति चार जना युवाको समूहले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक याम पौडेलले बताउनुभयो ।

होटलेमै राति ११:०० बजे सामूहिक बलात्कार गरिरहेको बेला बहिनीले थाहा पाएर हल्ला गरेपछि बलात्कारीहरू भागेका थिए । बेहोस अवस्थामा रहेकी ती महिलाको पाँचथर अस्पतालमा उपचार भइरहेका छ ।

प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । निरीक्षक पौडेलका अनुसार अनुसन्धानका लागि फिदिम—१ की छिमेकी मीना राईसहित, सुरेन्द्र बस्नेत र दीपेश मगरलाई नियन्त्रणमा लिइएको हो । रासस
Read Full Discussion Thread for this article