Posted by: WikiLeaks June 11, 2012
Login in to Rate this Post:
0
?
थला परेको बिबादित संस्था ए एन ए (ANA) लाई उठाउन खोज्ने कार्यकारी बरिस्ठ उपाध्यक्ष हेम पाठकलाई नै थला पार्न खोजिए पछी ए एन ए को भबिस्य अन्यौलमा, टेक्सस सम्मेलन प्रभाबित हुने !
भनिएको सम्मेलन ठेक्कामा दिने निर्णयमा पनि पाठक सन्तुस्ट हुनुहुन्न । नन प्रफिट संस्था, नेपालीको साझा संस्था भन्ने तर ठेक्का लागाएर कमाउने र केहीका लागि ठगी खाने भाँडो बनाउन नहुने भन्दा पाठक लाई ए एन ए ले बाइपास गरेको देखे पछी ए एन ए भित्रकै अन्य केही पनि तीन छक परेका छन।
स्मरण रहोस् त्यहा एक जना शेर्पा जि लाई १० हजार डलर ए एन ए लाई दिने बाँकी वहाँले जती कमाए पनि जे गरेपनी नबोल्ने शर्त मा सम्मेलन ठेक्कामा दिइएको छ । जुन पुरै अबैधानिक छ। अमेरिकि कानुन अनुसार नन प्रफिट कुनै पनि संस्थाले त्यसरी ठेक्का लगाउन र नाफा कमाउने काम गर्न पाइदैन । यसमा ए एन ए झन बिबादित हुने देखिएको छ ।
हेम पाठकले ए एन ए भित्रको भ्रस्टाचार अन्त्यका लागि अगाडि सार्नुभएका धेरै योजना अत्यन्त राम्रा भए पनि दुई वटा उल्लेख गर्नै पर्ने खालका छन :
१- ए एन ए मा आर्थिक पारदर्शिता हुनुपर्ने, त्यसका लागि लाइसेन्स प्राप्त ब्यबसायिक सिपिए मार्फत आर्थिक कुराहरु हेर्ने, अनुगमन गर्ने ।
२ - ए एन ए का बिगतका कमी कमजोरीबाट पाठ सिकेर यसलाई सच्च्याउंदै अमेरिका र क्यानाडामा रहेका सबै नेपालीहरुको साझा, छाता संस्था को रुपमा निर्बिबाद हुने गरी अगाडि बढाउन ए एन ए कृयाशिल हुने
तर यस्ता राम्रा कूरा बर्तमान ए एन ए नेत्रित्व लाई मान्य नभए पछी पाठक ए एन ए छाड्ने मनस्थितिमा पुग्नुभएको छ । नेपाल मदर सँग कूरा गर्दै पाठकले भन्नु भयो "म ए एन ए लाई राम्रो कसरी बनाउन सकिन्छ भनेर योजना बद्ध ढंगले अगाडि बढ्न खोजेँ तर मलाई नै बाइपास गरियो, मेरो कूरा सुनुवाई भएन, मैले एक दुई दिन भित्रमा महत्वपूर्ण निर्णय गर्दैछु । मेरा कूरा सुनिएन भने म त्यहा किन रहने ? के का लागि रहने ? के म बिबादित हुनका लागि मात्र त्यहा लगिएको हु र ?"
पाठक ले यदी ए एन ए छोड्नुभयो भने ए एन ए झनै बिबादित र कमजोर संस्था हुने निस्चित छ ।