Posted by: Korean_Soju June 9, 2012
सत्ता तिनका बाऊको पेवा हो र ? अब ५ सय बर्ष खान्छौं’: प्रचण्ड
Login in to Rate this Post:     4       ?         Liked by
I had written a poem on Dahal long ago.  I hope you guys will like it.

कविता: " मेरो देशमा एउटा दाहाल छ"
 
मेरो कोरियन साथी (छिन्गु) ले मलाई सोध्यो-
सुनेको छु तिम्रो देश त कमाल छ 
सुन्दरताको मिसाल छ
मलाई लाग्दछ तिम्रो देश साच्चैनै खुशहाल छ
 
अझ सुनाउन तिम्रो देश बारेमा.
 
अनि मैले सुनाए 
 
हो! अनौठो मेरो देश नेपाल छ
सुन्दरतामा बेमिसाल छ
मनै लोभ्याउने पहाड अनि हिमाल छ
उर्बर मेरो तराई मधेश हरियो र बिशाल छ
नेपालीको मनमा भोलापनको बहाल छ  
 
तर अहिले मेरो देशको स्थिति बेहाल छ
राजनैतिक समस्या बिकराल छ
गरिबी र अकाल छ
जता ततै बन्ध र हड्ताल छ
दिनरात जुलुश र मशाल छ
सोझा नेपाली को हातमा रगतको गुलाल छ
विकासको न सुर छ न ताल छ
नया नेपाल बनाउने न नै कुनै कुमाल छ
 
यति  सुनेर त्यो मेरो छिन्गु गह भरिएर आयो, अनि उसले मलाई सोध्यो-
 
मेरो आँसु पुछ्न के तिमीसंग एउटा रुमाल छ
    
मैले उसलाई मेरो पुरानो फाटटिन लागेको सिम्रिक रङ्गको रुमाल दिए.आँसु पुछी उसले फेरी सोध्यो-
 
जुन देश प्रकृतिले यस्तो मालामाल छ
त्यसमा के कारणले यस्तो बेहाल छ
 
मैले उत्तर गरे-
 
मेरो देशमा एउटा दाहाल छ
 
मेरो देशमा एउटा दाहाल छ
उसको एउटा हातमा मसाल छ
अर्को हात हजारौ नेपालीको रगतले लाल छ
 
उसको कुरा सुन्नेहो भने बबाल छ
शब्द शब्दमा  धमाल छ
उसको बातमा न आउ तिमी त्यसमा ठुलो जाल छ
 
खोक्रो आडम्बर बिशाल छ
बौद्धिकतामा भने कंगाल छ
प्रचण्डपथमा समृद्धिको अकाल छ 
 
उसले निमत्याउन लागेको समस्या बिकराल छ 
उसले ल्याएको झोला भित्र विषालु अरिंगाल छ 
आउ लैजाऊ भन्छौ हामी, खै कहाँ छ कहाँ त्यो काल छ.
 
Read Full Discussion Thread for this article