Posted by: cybernepali June 7, 2012
श्रीमानले लिगं परिवर्तन गराएर घर फर्केपछि होस गुम्यो श्रीमतीको
Login in to Rate this Post:     0       ?        
श्रीमानले लिगं परिवर्तन गराएर घर फर्केपछि होस गुम्यो श्रीमतीको

डिसीनेपाल डटकम संवाददाता– रोजगारीको लागि घर छोडेर भारत लागेका श्रीमान दश बर्षपछि केटीको रुपमा घर फर्किदा उनको श्रीमती र परिवारको हालत कस्तो हुन्छ होला ? सायदै यसको जवाफ हामीले कल्पना गर्न सक्दैनौ । तर यस्तै परिस्थितीको सामना गर्न बाध्य भएकी छिन्– बर्दियाको जमुनी गाविस ६ की दुर्गादेवी सुनार ।
 

दश वर्ष अघि रोजगारीको लागि उनको श्रीमान् लालबहादुर सुनार भारत लागेका थिए । दश बर्ष पछि श्रीमान् घर फर्किएको जानकारी पाएर दुर्गादेवी पतिलाई भेट्न नेपालगञ्ज पुगेकी थिइन् । श्रीमानको रुपरंग देखेर दुर्गादेवीको होसहवास नै गुमेको छ । यस्तै नेपालगञ्ज र बर्दिया आसपासका बासिन्दाहरुको उनको रुप देखेर अचम्मित भएका छन् ।   

परिवारको दायित्वलाई वेवास्ता गर्दै लालबहादुरले लिंग परिवर्तन गरेपछि उनका दुई छोरा र श्रीमतीको हालत देखेर दुर्गादेवीका दाजुभाईले उनको विरद्ध पुलिसमा उजुरी दिएका छन् । उजुरी लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको दोश्रो दिन लालबहादुरलाई उनको दुई छोरा र श्रीमतीसँग मिलापत्र पछि छोडिएको छ । लालबहादुरले नेपालगञ्जमा रहेको १३ धुर र ४ धुर जग्गामा दाबी नगर्ने भनेपछि उनलाई दुवै पक्षको मिलापत्रमा प्रहरीले जमानी छोडेको थियो ।

 वि सं २०५१ सालमा वैवाहिक सम्बन्धमा गाँसिएका लालबहादुर र दुर्गादेवीको २०५७ सालदेखि भेटघाट हुन पाएको छैन । लालबहादुर मुम्बईमा काम गरेर कमाएको पैसाले लन्डनमा गएर लिंग परिवर्तन गराएका हुन् । लालबहादुरले घरपरिवारसँग सम्पर्कमा नआएपनि उनकी दिदीसँग भने नियमित रुपमा सम्पर्कमा हुन्थे । घर खर्चको लागि कमाउन भारत पसेका लालबहादुरले लिंग परिवर्तन गर्नुको कारण भने खुलाएका छैनन् ।

Read Full Discussion Thread for this article