Posted by: Rahuldai June 6, 2012
Pagal Banayou Priya
Login in to Rate this Post:     0       ?        

पहिलो गजल सुनेर झन्डै पागल बनाको . एकै वाक्यलाई बारम्बार दोहार्र्यौदैमा गजल बन्छ , गजल भन्छ भने मेरो कुनै भन्नु छैन तर गजलको संरचनात्मक मिठास र भावको सुबास कतै भेटिन. आज मात्र एक जना दिन दिनै गजल लेख्ने एक घायल गजलकार को कुरा सुनेर झन्डै बेहोस  भएको फेरी अर्को सिंग न पुच्छर को गजल .

शिब परियारको गायिकीमा कुनै अभाव छैन, स्वरको मौलिकपन, शास्त्रीय संगीतको यथेष्ट ज्ञान पनि छ उहाँ मा शंकै छैन तर राम्रो गजल हुन गायिकी मात्र हैन स्तरीय र प्राबिधिक रुपमा उच्चकोटिको शब्दहरु पनि हुनु पर्दछ . गुलाम अलि को भनक दिने शैली मा गाए पनि गुलाम अलि , मेहदी हसन, जगजित सिंह आदिका गजलमा जस्तो मिठो सुबासको अभाव पाएँ .

दोस्रो गीत "रित्तो रित्तो छु म , छैन कुनै चाहना ...................... " भने शब्द, संगीत र स्वर को राम्रो संगम जस्तो लाग्छ . अलिकति हिन्दी सस्करण जस्तो आभास दिए पनि गीत को भाव , गहराईलाइ छुने हो यो सुन्दर सिर्जना मान्नै पर्छ .

Read Full Discussion Thread for this article