Posted by: _____ June 6, 2012
माओवादी पनि चुनावमा जान डराएको छ : जनजाति महासचिव शेर्पा
Login in to Rate this Post:     0       ?        

आफु लाइ जनजाति का ठेकेदार सम्झने आंग काजि शेर्पा जिउ को भनाइ पढ्नुस तल. शेर्पा जिउ, चुनाब मा बहुमत लेराएर देखाउनुस. अध्यन गर्नु भएको छ कुन चुनाबी छेत्र मा कस कसको बहुमत छ भनेर ? सबै जनजाति तपाई जस्तै  हुदैनन् बुझ्न भो , सबै जाति मिलेर बस्न पर्छ भन्यो भने, घटी मा ५०% प्रतिसत ले तेसो भन्ने लाई भोट देलान . तेसो नभयेपनी तपाइँ हरुले खस भन्नु भएको  जात को बहुमत पनि धेरै जिल्ला हरु मा छ  अब  के गर्नु हुन्छ?


बन्दुक लेर जनता तर्साउनु एउटा कुरा, आमा चकारी गाली गरेर दुनिया हसाउनु एउटा कुरा , चुनाब जितेर सम्भिधन बनाउनु अर्कै कुरा हो काजि साहेब.

देखि हाल्नु भो tapaika भगवान प्रचण्ड र बाबुराम को हालत, क्रान्ति ले आफै लाई खान्छ,  बिदेशी डलर को करामत भएन भने अब हुने चुनाब ले तपाई जस्ता भारेटाकुरे नेता लाई पनि खान्छ काजि साहेब.

टेकनारायण भट्टराई, पाल्पा, जेठ २४- आदिवासी जनजाति महासङ्घका महासचिव आङकाजी शेर्पाले बाहुन क्षेत्रीले भोट दिँदैनन् भन्ने चिन्ताले माओवादी पनि चुनावमा जान डराएको बताएका छन्। यो पार्टी विभाजनको सङ्घारमा रहेकाले निर्वाचनमा जाने निर्णय आत्मघाती हुने निचोडमा पुगिसकेको छ - उनले भने।
 
सत्तारुढ माओवादीमात्र हैन, मधेसवादी दलहरु पनि निर्वाचनमा जान अनिच्छुक देखिएका दाबी उनको थियो। उनले चुनावमा जनमत कम आउने डरले कङ्ग्रेस, एमालेले पनि निर्वाचन घोषणाको विरोध गरेका बताए।

बुधबार पाल्पामा आयोजित पत्रकार सम्मेलनमा उनको भनाई थियो- 'संविधान ब्युँताउन सके ठूलो दलको शाख बच्ने माओवादीको सोचाई होला।'

नयाँ बन्ने जातीय पार्टीले तराई र मधेसको भोट चोर्ने भन्दै मधेसवादी क्षेत्रीय पार्टीहरु चिन्तामा रहेकाले चुनावमा जाने आँट नगर्ने उनले बताए। 'मधेसवादी दलहरु पनि आफैंमा फुटको शिकार बनेका छन्, उनीहरुलाई नयाँ पार्टी उदयको चिन्ता छ'- उनले भने।

शेर्पाले जातीय पहिचान नस्वीकार्ने दलको हविगत जनमोर्चाको जस्तै हुने बताए। 'चुनाव भयो भने कङ्ग्रेस-एमाले जस्ता जातीय पहिचान नस्वीकार्ने दल जनमोर्चा जस्तै ४ सिटमा सीमित हुने पक्का छ'- उनले भने। शेर्पाले आफूहरु संविधान सभा ब्युँते पनि चुनाव भए पनि फाइदामै हुने दाबीसमेत गरे। 'अबको चुनावमा जातीय पहिचान र सङ्घीयता पक्षधरले दुई तिहाई मत ल्याउने पक्का छ', उनले थपे- संविधान सभा ब्युँते पनि जनजाति सभासदले पार्टी ह्वीपको धज्जी उडाउने छन्।

उनले नयाँ पार्टी खोल्ने तयारी भएको पनि बताए। पार्टीको नाम, घोषणापत्र र साङ्गठनिक स्वरुपबारे छलफल जारी रहेको पनि उनले बताए। उनले जिल्लाहरुबाट प्रतिनिधि जुटाएर सम्मेलन गर्ने र नयाँ पार्टी गठनको घोषणा हुने जानकारी दिए।

http://nagariknews.com/politics/party-politics/41769-2012-06-06-11-56-41.html

Last edited: 06-Jun-12 04:20 PM
Read Full Discussion Thread for this article