Posted by: jhilkeJetho June 4, 2012
इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. भरतराज पहारीले नियमविपरीत आफ्नो भत्ता आफैँ बढाएका छन् ।
Login in to Rate this Post:     0       ?        
 त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. भरतराज पहारीले नियमविपरीत आफ्नो भत्ता आफैँ बढाएका छन् । उनले पाउने तलब–भत्ता त्रिविका उपकुलपतिको भन्दा दोब्बर भएको छ ।

त्रिविका रजिस्ट्रार डा. चन्द्रमणि पौडेलले पनि पहारीले मनपरी ढंगले आफ्नो भत्ता बढाएको बताए । ‘भत्ता बढाउनका लागि केन्द्रीय कार्यालयसँग स्वीकृति लिनुपर्ने थियो तर लिइएको छैन,’ रजिस्ट्रार पौडेलले भने, ‘यो आर्थिक घोटाला हो ।’ आफूखुसी खाएको भत्तालाई लेखापरीक्षकले बेरुजु देखाउने पौडेलको भनाइ छ । उनले यससम्बन्धमा केन्द्रले आवश्यक कदम चाल्ने जानकारी दिएको खबर आजको सौर्य दैनिकले छापेको छ ।

http://onlinekhabar.com/2012/06/168761.html



Comment:

pawan wrote on 4 June, 2012, 3:32
न्याय प्रेमी IOE का प्राध्यापक एबम कर्मचारी मित्र हरु यो फटा लाई अक्तियारको खोरमा जाक्नु पर्छ
Read Full Discussion Thread for this article