Posted by: jhaukiri June 4, 2012
Login in to Rate this Post:
5
?
Liked by
"कविता" माथि एउटा कविता |
सम्झेदेखि अहिलेसम्म शब्दको कमी भएन |
असारको मुशलधारे त नभनौ ,
तर साउनको झरी झैँ
ती बगिरहे...
जहाँ पायो,जे पायो ...
न बिषयको वजनले छेक्यो
न भावको गहिराइले ...
अगेनामा घुसा'को छ्वालीजस्तै
दनादन पड्किरह्यो...
पड्कि 'राको छ |
कारण चाहिएन,
न झन्झट..
पारिजातको फूलजस्तै आफै झरे ,
"युद्ध,डर ,त्रास,आँशु र बेदना
रंग, हाँसो, सुख, शान्ति र सपना"
अरुले जीवनमा बाँच्ने...
आफुले मसीमा छरियो
कागजमा भरियो ,
बस् .... त्यति हो ||
ठुल्ठुला कुरा गर्यो ...
ठुल्ठुला कुरा सोच्यो....
यसलाई हेर्यो ..
उसलाई हेर्यो ...
आफ्नो नजरमा आफैलाई नपाउदा
कलम समायो,
टाउको हल्लायो...
अरुको दुर्गतिमा,
सुखले लेख्यो..
अरुको प्रगतिमा,
दुखले लेख्यो ...
कुना च्याप्यो ,
लेखिरह्यो.....
निरन्तर.........||