Posted by: Geology Tiger May 29, 2012
Nepalese Summerfest DJ Nite - Sunday!
Login in to Rate this Post:     2       ?         Liked by
ओहो मासुको झोल मात्र पाइयो?

यो कुराले मलाई मेरो बाल्यकाल सम्झायो ..

हिजो आज त ठाँउ हेरी गाउँघरमा पनि शहरीया पाराले भोज खुवाउन सुरु भइसक्यो; तर आज भन्दा बीस बर्ष अगाडिको स्थिति अर्कै थियो । बिहेमा जन्ती जाँदा बारीको पाटोमा टुसुक्क बसेर भत्तेर खाइन्थ्यो । दुई चार जना बाहुनबाजेहरु धोती सोती फेरेर भत्तेर पकाउथे र जन्तीहरु चाँही बारीको पाटामा लहरै बसेर खान्थे । अरु दुई चार जना बाहुनहरु चाँही खाना बाँड्दै र थप्दै हिड्थे । अनि त्यस्तो भत्तेरमा जन्तेबाख्रो भनेर मासुको पनि व्यवस्था गरिन्थ्यो । त्यो मासु पकाउदा त्यसमा सबै जन्तीलाई भाग पुर्याउन झोल पनि टन्न हालिएको हुन्थ्यो । अनि मासु बाँड्न ल्याउँदा चाँही कस्तो हुन्थ्यो भने यदी त्यो मासु बाँड्ने मान्छे आफूले चिनेको छ अथवा भान्छेहरुलाई आफूले चिनेको छ भने चाँही भागमा टन्न मासु पर्थ्यो यदी चिनेको छैन भने चाँही झोलै झोल । कोही कोही भने त्यस्तो धाँधली भएको देख्दा 'झोल चौटा बराबरी' भनेर कराउथे । तर पनि धेरै जसोको भागमा झोल नै पर्थ्यो, एक दुई टुक्रा मासु बाहेक । अनि फेरि खाने त त्यही सालको टपरीमा नै हो । मासुको झोल भातमाथि खन्याए पछि त्यो झोल भातलाई अलि अलि भिजाउदै त्यसबाट पार भएर टपरीको पिधबाट पनि चुहिदै सब बारीको पाटामा पुग्थ्यो । अब बाँकी भनेको अलि अलि मासुको झोलले भिजेको भात र त्यसमा रहेको मासुको बास्ना । अनि त के गर्नु ? यही पनि पाइयो भन्दै सप्र्याक सप्र्याक पार्नु बाहेक गर्न नै के सकिथ्यो र ?

यस्तै हो सानुजी धेरै मन नदुखाउनुस् ....
Read Full Discussion Thread for this article