Posted by: Geology Tiger May 27, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
हा हा हा हँसायो bitterले

१. कसैले लेखेको कुरामाथि आफ्नो प्रतिकृया लेख्नु अगाडि त्यो लेखकले के भन्न खोजेको हो भन्ने कुरा राम्रोसँग बुझेर मात्र प्रतिकृया दिनु उचित होला । हतार गरेर प्रतिकृया लेख्नु भन्दा एक चोटि पढ्दा नबुझे दुइचोटी र दुई चोटि पढ्दा नबुझे तीन चोटि पढेर भए पनि त्यसमा रहेको निहित अर्थ बुझेर मात्र आफ्नो विचार व्यक्त गर्दा नै त्यस्तो विचार तर्कयुक्त र प्रभावकारी होला नत्र त उही आग्रा र गाग्राको कुरा गरे जस्तो हुन्छ । फेरि अर्को कुरा के पनि हो भने नालबाट छुटेको गोली र मुखबाट छुटेको बोली फर्केर आउदैन । त्यसैले पहिले बुझौ, अनि सोचौ, अनि मात्र लेखौ ।

२. विश्वको हरेक भाषामा जस्तै नेपाली भाषामा पनि सही शब्दहरुको छनौट र प्रयोग गर्दा लेखाइ राम्रो र मिठो हुन्छ जस्तो कि तत्सम शब्दहरुको प्रयोगले लेखाइलाई गहकिलो बनाउछ भने झर्रो नेपाली शब्दहरुको प्रयोगले लेखाइलाई रसिलो बनाउछ । तर गाली गर्नकै लागि प्रयोग गरिएको किन नहोस् यदी कुनै शब्दको अर्थै नबुझी प्रयोग गरिन्छ भने त्यसले पाठकमा बेमौसमको हाँसो ल्याउने बाहेक केही काम गर्दैन । शायद हाम्रा बिद्वान अग्रज micarnal ले 'डुकुलन्ठु'को अर्थ के हो र वाक्यमा कसरी प्रयोग गरिन्छ भन्ने कुरामा पनि केही प्रकाश पारिदिनु हुन्छ कि ?

३. नेपालीको युनिकोड टाइपिङमा पनि अलिकति ध्यान दिए नेपाली भाषामाथि अलिकति न्याय नै हुन्थ्यो कि ?
Read Full Discussion Thread for this article