Posted by: Geology Tiger May 26, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
यसैले मलाई साझा मनपर्छ किनकी यो संजाल micarnal जस्तो नेपाली भाषा र साहित्यको अद्वितिय प्रतिभाहरुको प्रकाशले झलमल्ल प्रकाशित भइरहेको हुन्छ । अनि यहाँ आफूलाई थाहा नभएको धेरै नयाँ कुरा सिक्न पनि पाईन्छ । आफूले न त एसएलसीमा बोर्ड हान्न सकियो न त मधुपर्कमा केही छपाउन नै सकियो ।

नेपालको अहिले चरमोत्कर्षमा पुगेको जातीय संघियता जस्ता बिषयहरुमा त मलाई केही थिएन थिएन अझ नेपाली भाषामा 'बाँकी नराख्नु' र 'सिद्ध्याउनु' भनेको एकै होइन भन्ने त कत्ति पनि थाहा थिएन । म त यस्ता वाक्यशंहरुको अर्थ वाक्यमा प्रयोग भए अनुसार फरक फरक हुन्छ र प्रयोगको अवस्था अनुसार 'सिद्ध्याउनु' र 'बाँकी नराख्नु' पर्यायवाची पनि हुनसक्छन् र कसैलाई मार्नु भन्ने पनि अर्थ दिनसक्छन् भन्ने ठानेर बसिरहेको । हेर हेर मेरो बुद्धी! के थाहा र मलाई 'सिद्ध्याइदिनु'को जहिले पनि एउटै अर्थ लाग्छ र 'बाँकी नराख्नु'को चाँही अनेक अर्थ लाग्छ भन्ने कुरा?

एउटा कुन चाँही प्रज्ञा प्रतिष्ठान भन्ने पाजीले ब्रिहत नेपाली शब्दकोश भन्ने किताब निकालेर यसो लेखेछ: सिद्ध्याउनु-स.क्रि. प्रे./क्रि. सिद्दी+याउ+नु] १. समाप्त गर्नु । २. टुङ्याउनु । ३. पुरा गर्नु । ४. नाश गर्नु; बिगार्नु । ५. मार्नु । ६ हराउनु ७. खाली मार्नु; रित्याउनु । कस्तो उल्लु रहेछ त्यो प्रज्ञा प्रतिष्ठान भनाउँदो ! micarnal ज्यूले 'सिद्ध्याइदिन्छु' भनेको एकार्थी वाक्यांश हो भनिसक्दा पनि त्यो प्रज्ञा प्रतिष्ठानले सिद्ध्याउनुको अनेक अर्थहरु जस्ताको तस्तै राख्ने दुस्साहस गर्‍यो । अनि micarnal ज्यूले झन् त्यति माथि 'बाँकी नराख्नु' भनेको चाँही अनेकार्थी वाक्यंश हो भन्नु भएको थियो बज्जेहरुले यस बारेमा केही लेखेनछन्; भातमाराहरु! अबको नयाँ नेपालमा बन्ने नयाँ ब्रिहत शब्दकोशमा micarnal ज्यूको सम्मानमा यी दुइटा क्रान्तिकारी परिवर्तन हुनु आवश्यक छ: आफ्ना अनेक अर्थ मध्ये एउटा अर्थ 'राम्रो नहुने' सहित 'बाँकी नराख्ने' राख्नु र सिद्ध्याउनु अथवा सिद्ध्याइदिनुको अरु सबै अर्थ हटाएर 'मार्नु' भन्ने एउटा मात्र अर्थ राख्नु ।

आफ्नो अत्यन्त व्यस्त कार्यतालिकाको बाबजूद पनि साझामा रहेको हामी जस्तो अज्ञानीहरुलाई ज्ञानको प्रकाश छरिदिनु भएकोमा micarnal ज्यूलाई हार्दिक धन्यवाद!



Read Full Discussion Thread for this article