Posted by: micarnal May 26, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
अनि यहाँ कतिपयको पोस्टबाट सायद उनीहरु आफैले रिअलाइज् नगरेको तर अरु समुदायका मान्छेहरुप्रति  उनिहरुको मनमा रहेको पूर्वाग्रहको गन्ध आयको देखिन्छ. "राइ गुरुङ मगर लिम्बु लै अर्काको देश को लागि लड्न पाए पुग्यो" भनेर उनीहरु को देशभक्ति माथि शंका गरिन्छ. खोइ, केहि समय पहिले भारतीय सेना मा कार्यरत बिष्णु प्रसाद श्रेष्ठ ले भारत मा एक्लै ले ३५-४० जना डाकु हरु लाई तह लाएर यात्री हरु को इज्जत र धनमाल बचौदा हामि सबैले गर्ब गरकै हो जस्तो लाग्छ. दिप प्रसाद पुन ले तालिबान हरु संगको लडाईपछी बेलायत मा तक्मा पाउदा धेरै ले फेसबुक मा त्यो शेयर गरको जस्तो लाग्छ.

"पढाई लै घंतैसिटी भनेर लाहुरे बन्न तिर लाग्ने " भनेर भन्दा होस् वा आफ्नो विचार संग असहमत अरुले राम्रै संग आफ्नो कुरा राख्दै गर्दा "गू: चलायो भने गन्हाउछ" भनेरभन्दा होस्. अथवा, " घरमा जाँड धोकेर बुढीलाई 'त्यो पल्लो घरे बाहुनलाई सिध्याइदिम?'" जस्ता अतिरन्जित उदाहरण दिदा होस् वा  "आदिबासी भन्दै मा भेडो जस्तो बुद्धि नै हुनु पर्छ" भन्ने जस्ता प्रस्न गर्दा होस्, ति सबैमा पूर्वाग्रहहरु प्रस्ट संग देखिन्छन. जहाँ सम्म जनजाति समुदाय मा बिधमान लाहुरे संस्कार को कुरा छ, चतुर अंग्रेजहरुले रणकौशलमा निपुण यिनीहरु (गोर्खाली सेनाका फुट सोल्जरहरुको  ठुलो हिस्सा जनजाति थियो) संग लडिरहनु वा लडेर हराए पनि बिद्रोह को सामना गरिरहनु भन्दा मित्रता कायम गरेर यिनलाई आफ्नो पक्षमा पार्नुमा धेरै फाईदा देखे. नेपाल को स्वाधिनता कायम रहिरहनुका धेरै मध्ये यसलाई पनि एउटा कारण मान्न सकिन्छ. सुगौली सन्धिको लगत्तै अंग्रेजहरुले नेपालका डाँडाकाँडाहरुबाट युवाहरु (मुलत जनजाति समुदायका) लाई भर्ति गर्न थाले. तेतिखेरको पुरातनपन्थी समाज (कालापानि अर्थात् समुद्र काटे पुनर्जन्मको चक्रबाट बाहिरिने भन्ने विश्वास भएको, तेतिन्जेलसम्म धेरै जनजातिहरु खास गरि मगरहरु हिन्दु भै सकेका थिए वा बनाई सकिएका थिए ) मा सबै रहरले भर्ति भएका थिएनन्. राज आदेश नमाने छाला काधिने त्यो समयमा प्रायजसो शाही उर्दीका कारणले भर्ति हुन पुगे. भर्ति गर्न दिए बापत अंग्रेज ले राजा र राणा हरु लाई नजराना दिने गरे जो राष्ट्रिय ढुकुटी मा गएन. सैक्षिक, आर्थिक र सामाजिक बिकाशको लागि जनजातिलाइ सिमित मौका भएको त्यो समयमा तेस्पछी बिस्तारै यो लाहुरे चलन ति मौकाहरु प्राप्त गर्ने माध्यम बन्न पुग्यो. वास्तबमा नेपाल एकीकरणदेखि नै गोर्खाली सेनाको ठुलो हिस्सा यिनै जनजातिको थियो. स्वयम कालु पाँडे एक मगर आमाका छोरा थिए (ब्राह्मण आमाका छोरा उनका सौतेला दाजु वा भाईलाइ चाही गोरा  पाँडे भनिन्थ्यो). नेपालको स्थापित ईतिहासले बिर्से पनि पृथिवीनारायणको दिव्योपदेश लगायत अन्य जर्नल र पुस्तक हरु पढे पछी यी कुरा थाह पाइन्छन. नेपालको स्थापित ईतिहासले किन बिर्स्यो त भन्दा, यसमा ऐतिहासिक, राजनीतिक, धार्मिक, भाषिक, जातीय, आर्थिक आदि धेरै कारणहरु छन् र यी सबै अन्तर सम्बन्धित छन्. नेपालका विभिन्न समुदायहरुको समान बिकाश हुन नसकेको पनि यिनै कारणहरुले गर्दा हो.

bitter truth ले भने झैँ आफ्ना आग्रह पूर्वाग्रहहरुलाइ हामि सबैले बिर्सेर मानव भएर सोचौ. हाम्रा के कस्ता पूर्वाग्रहहरु छन्, आत्म समिक्षा पनि गरौ. बाँचौ र बचाऔं. अरुका कुरा सुनौ. आफ्ना कुरा राखौ. सभ्य र शालीन ढंगले अन्तर सम्बाद गरौँ. यसो नगरेर कसैले  द्वेष को आगो बाल्छ भने, तेस्मा घिउ थपेर हवारह्वारती आगो दन्काउने काम चाही नगरौ. होइन भने, घिउ को त नाश हुन्छ नै, घर पनि जलेर खरानी हुन सक्छ.
Read Full Discussion Thread for this article