Posted by: Mr Nepal99 May 26, 2012
बाहुनवादी कम्युनिष्ट को राम धुलाई |
Login in to Rate this Post:     0       ?        
काठमाडौं १३ जेठ । नेकपा एमालेको संसदीय दलको बैठकमा सभासदहरुबीच कुटाकुट भएको छ । संसदीय दलको बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले सरकारप्रति अविस्वासको प्रस्ताव लग्ने प्रस्ताव गरेपछि सभासदहरुले हुटीङ्ग गर्न थालेका थिए । आदिबासी सभासदहरु भने अध्यक्ष खनाललाई कुटन आ-आफनो कुर्सीबाट उफ्रेका थिए । आदिबासी सभासदहरुलाई रोक्ने प्रयास गर्दा अन्य नेताहरु कुटीएका थिए ।

आजको संसदीय दलको बैठकमा अध्यक्ष खनालले अविस्वासको प्रस्ताव लग्ने विषयमा बहुत सभासदहरुले विमती जनाएको थियो । संविधान निर्माणको अन्तिम समयमा एमाले सत्ताको बार्गैनिगंमा लागेको भन्दै आदिबासी सभासदहरुले विमती जनाउँदै अध्यक्ष खनालाई कुटन पुगेका थिए । आदिवासी सभासदहरुले पार्टीमा बस्नुको औचित्य नरहेको भन्दै संसदीय दल बाहीर आक्रोस पोखेका थिए । साथै अन्य सभासदहरुले पनि संसदीय दलकै बैठकमा नारावाजी गरेका थिए । सरकारमा सहभागि रहेकै पार्टीले अविस्वासको प्रस्ताव ल्याउन अनुचित भएको भन्दै अन्य नेता तथा सभासदहरु एमाले अध्यक्ष खनालप्रति आक्रोसित बनेका थिए ।
Read Full Discussion Thread for this article