Posted by: Khaobaadi May 25, 2012
दूध फाटेको भन्दै प्रधानमन्त्री कहाँ उजुरी
Login in to Rate this Post:     0       ?        
This is the most hilarious news of the day.

डिसीनेपाल डटकम संवाददाता - दुग्ध विकास संस्थाले वितरण गर्दै आएको दूध फाटेको भन्दै प्रधानमन्त्री डा.बाबुराम भट्टराई कहाँ उजुरी पुगेको छ ।

 
राष्ट्रिय उपभोक्ता मञ्चले डिडिसीले वितरण गरेको दूध फाटेको भन्दै कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उजुरी गरेको हो ।

 
मुख्य सचिव माधव घिमिरेलाई सम्बोधन गरी कार्यालयमा दायर भएको उजुरीमा उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘फाटेको दूध वितरण गरेकामा कारबाही तथा क्षतिपूर्ति दिलाइपाउन अनुरोध ।’

 
डिडिसीले वितरण गरेको दूध ललितपुर षेत्रमा हिजो बुधबार बिक्री वितरण गरेको दूध फाटेको भन्दै उजुरी दर्ता गरेको हो । मञ्चको विज्ञप्तिमा सर्वसाधारणले गुनासो गरेपछि यो उजुरी दर्ता गरेको समेत उल्लेख गरिएको छ ।

Read Full Discussion Thread for this article