Posted by: lopchanlama May 24, 2012
साबधान ! साबधान !
Login in to Rate this Post:     1       ?         Liked by
  नेपाली 

मेरो देश नेपाल

यो मुटुमा अझै

चन्द्र-सुर्य धडकिरहेको

मेरो प्रतेक पाइला-पाइलामा

मेरो उच्चा शिखरहरु  लम्किरहेको

मेरो आगनहरुमा

सयौ थरी बाजा घन्किरहेको

तराइ-पहाड-हिमाल

पूर्व मेची-पक्षिम महाकाली अटाउने

भाई-चाराको अंगालो

यी मेरो बहुपाशमा फैलिएको

चिन्दिन कसैलाई पनि जातले

सयौ बर्णको साझा चौतारी

मेरो देश नेपाल

मेरो प्यारो देश नेपाल

साबधान ! साबधान !

उपियाले झै चुस्ने

धमिराले झै ठुस्ने

गिद्धले झै लुस्ने

बिना मौसम भुक्ने

भ्रस्ट नेता भन्ने जन्तु 

नेपाल पस्यो रे

मेरो प्यारो देशलाई

टुक्रा-टुक्रा पारी

मिलिझुली भतेर खानलाई

तराई पस्यो रे

पहाड झर्यो रे

हिमाल चड्यो रे

Read Full Discussion Thread for this article