Posted by: _____ May 21, 2012
Journalists attack Aadibasi/Janjaati leader
Login in to Rate this Post:     0       ?        
यहाँ पत्रकार लै खत्तम पर्ने धम्कि दिएको छ. खत्तम पर्ने धम्कि दिनु अपराध हो. आफ्नो भनाइ राख्न कसले रोकेको छ.? आंग काजी ले आफ्नो भनाइ राख त रहनु भएको थियो नि? तर मुन्द्रे , दादा हरुले जस्तो खत्तम पर्ने धम्कि दिएपछि तेस्को जसले पनि बिरोध गरि हाल्छ  नि.
अस्पताल मा गएर मैले भन्या जस्तो उपचार नगर त तलाई खत्तम पारिदिन्छु भन्नुस त , गर्छ डाक्टर ले उपचार?  आंग काजि  ले मज्जा संग बाउन छेत्री को खिस्सी गरि रहनु भयको थ्यो तेस्मा त सबै सहनशिल नै थिए नि. नेगतिवे कुरा हरु को प्रचार प्रसार गरेन भनेर धम्कि दिन पाइन्छ ?

भारत मा समाचार पत्र हरु पढ्यो भने मणिपुर, असम, त्रिपुरा कश्मिर आदि राज्य हरुको समाचार एकदमै कम पदन पाइन्छ  त्यहाको  रास्ट्रिय समाचार पत्र  हरुमा. तेस्को मतलब ति राज्य हरुमा समाचार नै छैनन भन्ने हो र ? ति  राज्य भारत बाट छुत्तिना खोज्दा रास्त्रिये पत्रिका ले त्यहा को  समाचार  एक प्रकार ले बहिस्कार गर्छन. त्रिपुरा जान त भारतीय हरु लाई नै गारो छ.

आंग काजी लाई धमला ( धमला , बाउन छेत्री के हो मलाई थाहा छैन ) ले बोलाएर आफ्नो भनाइ राख्न दिएको होइन र ? बाउन छेत्री पत्रकार उसको भनाइ सुन्न आएकै थिए नि होइन ? रातारात हिरो  हुने गरेर समाचार छापिदियेना  भनेर गुनाशो पनि सबै ले सुनी रहेकै थिए नि होइन र?

धम्कि सहनु शहन्शिलाता होइन त्यो त नामर्द पन हो. गैर कानुनि हो,  हार्मो समाचार छापिनस  भन्दा कसैले केहि भनेको  थिएन. तेती भन्दा पनि केहि नहुने रेछ भन्ने  लाग्यो होला त्यो भन्दा अगाडी बढी  धम्कि दिने?

कस्तो लज्जास्पद काम भने, तेही महसंग  को अर्को ले माफी माग्न पर्यो. गाली गर्नु धम्कि दिनु  बाक स्वोतान्त्रता भित्र पर्दैनन. नेपाल को कानुन मा गाली बेइज्ज्तै गर्न पाइदैना.

गणतन्त्र मा आफ्नो समाचार छापियेना  भनेर खत्तम पार्ने धम्कि दिन पाइदैन.  नछाप्ने पत्रिका लाई कानुन को सिमा भित्र रहेर भने भै हाल्यो.  खत्तम पार्ने धम्कि दिएर कसैले पनि समाचार छाप्दैन. अमेरिका मा पनि एउटा समूह को समाचार अर्को समूह ले प्रमुखता दिएर छाप्दैन. टि भी ले पनि तेसै गर्छन. सी एन एन र फक्स  न्यूज ले तेसै गर्छन 

सबै भन्दा बुझ्न पर्नी कुरा के हो भने आफ्नो समाचार छापिदियेना भनेर कसै लाई खत्तम पार्ने धम्कि दिन पाइदैन .

 देश गण तन्त्र मा छ, संचार पत्र हरु उद्यूग को रुप मा संचालित छन् . करदाता को पैसा ले चलाको  संचार मा मात्र हाम्रो समाचार  किन छापिनस भनेर सोध्न पाइन्छ. प्राइभेट पत्रिका मा किन छाप्नु भएन भनेर सोधन पाइन्छ. जुन कुरा छाप्दा उसको पत्रिका बिक्छ तेही छाप्छा उसले . ब्यापार मा तेस्तै हुन्छ 
अब यो साझा  लाई  नै लिउन एस्लाई शेर्पा भाषामा चलायो भने कटि मान्छे आउलान, कति ले बिज्ञापन देलान? साझा को admin  लाई धम्कि दिदै मा उसले यो साझा शेर्पा भाषा मा चलाउछ? जुन भासमा चलाउदा उसलाई अलिकति फाइदा हुन्छ तेही भाषा मा चलाउछ
Read Full Discussion Thread for this article