Posted by: _____ May 21, 2012
फोहोरमा समेत जातीय राज्यको गन्ध !
Login in to Rate this Post:     0       ?        

फोहोरमा समेत जातीय राज्यको गन्ध !

'नेवा'को फोहोर फाल्न नदिने सिसडोलबासीको धम्की

 

८ जेठ, काठमाडौं । जातीय राज्यको पक्ष विपक्षमा चलिरहेको बहस र प्रदर्शनले सामाजिक सद्भावमा खलल पुग्ने संकेत देखिरहेको बेला सोमबार यसमै मलजल गर्ने अर्को घटना भएको छ । काठमाडौं महानगरपालिकाले राजधानीको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको छ । सिसडोलका बासिन्दाले यसअघि बिभिन्न माग राख्दै बेलाबेला फोहोर व्यवस्थापनमा अवरोध गर्ने गर्थे । कहिले स्कूल, कहिले अस्पताल, कहिले बाटो जस्ता यस्तै भौतिक विकास निर्माण गाउँमा हुनुपर्ने उनीहरुको माग हुन्थ्यो । सरकारले यस्ता माग पूरा गरेपछि फोहोर व्यवस्थापन सहज हुँदै आएको छ ।

धेरै भयो सिसडोलका बासिन्दाले फोहोर अवरोध गर्ने गरी आन्दोलन नगरेको । तर सोमबार बिहान सिसडोल नजिकै पर्ने काठमाडौं तीनपिप्पेलका बासिन्दा फोहोर व्यवस्थापनमा अवरोध पुर्याउने गरी आन्दोलनमा उत्रिए । सोमबार बिहानै राजधानीबाट फोहोरको डुंगुर बोकेर १५ वटा गाडी सिसडोल जाँदै थिए । बाटोमा स्थानीयबासिन्दाले रोके । ‘जातीय राज्य चाहिँदैन, जातीय राज्य बनाउने हो भने नेवाः राज्यको फोहोर हाम्रो राज्यमा फाल्न पाईंदैन…….’ भनेर नारा लगाए । राजधानीका नेवार समुदायले आफ्नो जातिको मात्रै राज्य हुनुपर्छ भन्छन् भने फोहोर फाल्ने ठाउँ ताम्सालिङ राज्यमा पर्ने भएकाले फोहोर फाल्न नदिइने उनीहरुले अड्डी लिए । त्यसपछि फोहोर बोकेका गाडी त्यहाँबाट अघि बढ्न सकेनन् । मुलुक संघीयतामा जाँदा राज्यको बारेमा अनावश्यक भ्रम मान्छेको दिमागबाट हटाउन सकिएन भने यसले कस्तो सम्मको सामाजिक असर पुर्याउँछ भन्ने यो एउटा गतिलो उदाहरण हो ।

वार्तापछि फोहोर व्यवस्थापन सहज

सोमबार बिहान केहीबेर फोहोर व्यवस्थापनमा अवरोध पुगेपनि मध्यान्नपछि भने कुरा मिलेको छ । ‘स्थानीय प्रशासन र स्थानीयबासीबीच कुरा मिलेपछि फोहोर व्यवस्थापनको कामले निरन्तरता पाएको छ’ काठमाडौं महानगरपालिकाका वातावरण शाखा प्रमुख रवीनमान श्रेष्ठले भन्नुभयो -’स्थानीयबासिन्दाको माग केन्द्रसम्म पुर्याउने प्रतिबद्धता जनाएपछि सहमति भएको हो ।’

http://onlinekhabar.com/2012/05/164665.html

Read Full Discussion Thread for this article