Posted by: _____ May 20, 2012
जंगलमा राज्य माग्दै राउटेले धर्ना दिंदै
Login in to Rate this Post:     0       ?        

जंगलमा राज्य माग्दै राउटेले धर्ना दिंदै

(1 Vote)
 
   
दुर्गालाल केसी

raute
 

दाङ, जेष्ठ ७ - तुलसीपुरको जंगलमा बसोबास गर्दै आएका लोपोन्मुख जाति राउटेहरुले जंगलमा राज्य माग गर्दै  आइतबार इलाका प्रशासन कार्यालय तुलसीपुरमा धर्ना दिंदै छन् ।

 

सबैले आ-आफ्नो राज्य माग गरिरहेको समयमा राउटेहरुले पनि जंगललाई राउटेको राज्य घोषणा गर्नुपर्ने माग गरेका छन् । दिउँसो एक घण्टा धर्ना दिने कार्यक्रम रहेको राउटेका मुखिया मैनबहादुर शाहीले जानकारी दिएका छन् ।

राउटेहरुले बिहीबार मात्रै तुलसीपुरबाट फोन गरी राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीलाई प्रधानमन्त्रीसँग राज्य मागिदिन अनुरोध गरेका थिए ।

मागको सुनवाई नभएको जानकारी पाएपछि धर्ना दिने कार्यक्रम तय गरेको मुखिया शाहीले बताएका छन् । राउटेहरु हाल १ सय ३१ जना छन् । जंगलमा घुमन्ते जीवन बिताउने राउटेहरु मध्यपश्चिमका जंगलहरुमा बस्ने गर्छन् । उनीहरुले जंगलमा निर्धक्कसँग बस्ने बातावरण हुनुपर्ने माग गरेका छन् ।

 यस क्षेत्रका जंगलहरु फरक-फरक राज्यमा परे पनि सबै जंगलमा बस्न पाउनुपर्ने अधिकार संविधानमा उल्लेख गर्नुपर्ने उनीहरुको माग छ । राउटेहरु जंगलमा कन्दमुल खाने, शिकार खेल्ने र काठका भाँडा बेचेर जिविका चलाउने गर्छन् ।

यसैगरी आज नै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बताएकी छन् ।

Read Full Discussion Thread for this article