Posted by: _____ May 18, 2012
को रेछ त नेपालमा गोलमाल गर्नी
Login in to Rate this Post:     0       ?        

 

अब हेरम भारत ले छिमेकी  देश मा गणतन्त्र स्थापना  भैसकेपछि पनि गोलमाल गर्न खोज्ने आफ्नो कुटनितिग्य लै के गर्छ. होइन भानेकाइ  होइन भनेर मधेसी जनता को अपमान गर्छा कि गल्ति सुविकारेर मेहता लाई सजाए दिन्छ. मेहेता ले सजाए पाएनन भने हामीले के बुझ्न पर्छ  भने. भारत नेपाल मा कहिले शान्ति चाहदैन भन्ने कुरा सत्य हो.
सेना लाई काम नलाग्ने हतियार दिएर सहयोग गरे जस्तो पनि गर्ने, कांग्रेस माओबादी, एमाले लाई कुरा मिलाएको जस्तो पनि गर्नी, अनी मधेसी लाई अन्दूलन गर्न उक्साउने. हेर भारत, तिमि जस्तो छिमेकि मित्र  भएपछि हामीलाई दुश्मन को के जरुरत ?

अनी मधेसी नेताहरु तपाई हरुको स्वोत स्फ्रुत आन्दोलन को धोति  फुस्कियो, कती भारतीय हरुको गुलामी गर्न हुन्छ ?
देख्न भएन तामिल हरुलाई उचालेर श्रीलंका मा बिधोंसा परेपछि के भयो,  बुध्ही छैन कि क्या हो तपाइँ हरुको  को. तपाइँ हरुले
भारत को भनाइ मा लगेर आन्दोलन गर्नी हो भने भारत लाई नेपाल मा "र" किन चाहियो. तपाइँ हरु भै हाल्नु हुन्छ नि, बिना पैसा भारत को भलाइ गर्नी . कि नेपाल मा राजनीति गर्न भारत बाट पैसा पनि लिन हुन्छ ?

आन्दोलन गर: भारतीय कूटनीतिज्ञ

भूषण यादव

वीरगन्ज, जेष्ठ ५ - संविधानको गाँठो फुक्नै लागेका बेला वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक अधिकारीले मध्य तराईका राजनीतिक नेतृत्वलाई आन्दोलन गर्न उक्साएका छन् ।

वाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एस.डी. मेहता बुधबार स्थानीय भिस्वा होटलमा पर्सा र बारा जिल्लाका कांग्रेस, एमाले र मधेसी फोरमका नेताहरूसँग अनौपचारिक रात्रिभोजमा सरिक थिए । त्यसक्रममा उनले 'मधेसका लागि लड्न' आग्रह गरेको सहभागी नेताहरूले बताए ।

'जेठ १४ अघि नै मधेसमा आन्दोलनको आँधी-बेहरी ल्याउनुपर्छ,' एक सहभागीले उनको भनाइ उद्धृत गर्दै भने । मंगलबार दलहरूबीच नाम र सीमापछि तय गर्ने गरी ११ प्रदेशको संघीय संरचनामा जाने निर्णय भएको थियो । मेहताले मधेसलाई टुक्रा गर्दा 'आफ्नो कलेजोलाई टुक्रा गरेजस्तो अनुभूति भएको' बताएका थिए ।

कांग्रेस र एमाले पार्टी फरक भए पनि मधेसका लागि सबै एक हुनुपर्नेमा उनको जोड थियो । 'मधेस सबैको साझा हो,' मेहतालाई उद्धृत गर्दै एमालेका एक नेताले भने, 'तपाईंहरू अगाडि आउनुस्, हामी सहयोग गर्छौं ।'

उनले 'वर्तमान परिवेशमा मधेसी मोर्चा असफल भएको' निष्कर्षसमेत सुनाएका थिए । भेलाका सहभागी कांग्रेस पर्सा सदस्य शैलेन्द्र यादवका अनुसार मेहताले सबै मधेसीलाई समेट्ने नयाँ नेतृत्व चाहिएको पनि बताए ।

रात्रिभोजमा आमन्त्रित गरिएका एमाले पार्टी सचिवालय सदस्य अरविन्द सिंहले वाणिज्य दूतावासले मूलधारका राजनीतिक पार्टीका स्थानीय नेतृत्वलाई अनेक प्रलोभन देखाएर 'बार्गेनिङ पावर' बढाउने रणनीति लिएको टिप्पणी गरे । उनले भने, 'वाणिज्य दूतावास एउटा कूटनीतिक नियोगभन्दा पनि प्रभावशाली शक्तिकेन्द्रका रूपमा विकसित भएको छ ।' कूटनीतिक अधिकारी मेहताले चाहिँ विभिन्न पार्टीका युवा नेताहरूसँग समसामयिक विषयमा चर्चा गरेको बताए । कान्तिपुरसँग फोनमा कुरा गर्दै उनले भने, 'मधेसबारे नेताहरूको जिज्ञासा बुझ्न भेटघाट भएको हो ।'

भेटघाटमा स्थानीय तहमा बलियो पकड भएका नेताहरू बोलाइएका थिए । साँझ ७ः३० बाट सुरु भएको कुराकानी राति १० बजेसम्म चलेको थियो ।

उक्त वाणिज्य दूतावास पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषाका साथै भित्री मधेसका मकवानपुर र चितवनमा विकास कार्यक्रम सञ्चालनका साथै द्विपक्षीय व्यापार सहजीकरणको उद्देश्यले ०६० सालमा स्थापना भएको हो । यसमा पाँच जना कूटनीतिक अधिकारीसहित ३० जना कार्यरत छन् ।

यसैबीच भारतीय दूतावासले भने बीरगञ्जस्थित भारतीय महाबाणिज्यदूतको भनाईलाई तोडमरोड गरिएको जनाएको छ । यस्ता कार्यले नेपाल र भारत बीच मित्रतामा आँच आउने बताइएको छ । दूतावासले शुक्रबार जारी गरेको बिज्ञप्तिमा भारतले जहिले पनि स्थिर, प्रजातान्त्रि र समृद्ध नेपाल चाहेको पनि उल्ल्खे गरिएको छ । 
http://www.ekantipur.com/nep/2069/2/5/full-story/347925.html

Last edited: 18-May-12 07:09 AM
Read Full Discussion Thread for this article