Posted by: Geology Tiger May 15, 2012
नेपाल को राम्रो खबर
Login in to Rate this Post:     1       ?         Liked by
अहिले देशमा विद्दमान राजनैतीक संकटलाई नयाँ संबिधानले पाखा लगाउछ भन्ने हिसाबले यो बार्तालाई नेपालको राम्रो खबर भन्ने खोजिए पनि समग्रमा यो राम्रो खबर होइन । देशको संविधान बनाउन सुरुमा दिइएको र पछि थपिएको समयसम्म पनि संबिधानसभाका सभासद्हरुले संबिधान बनाउने दिशामा केही योगदान गर्न सकेनन् । सके त केवल राहदानी बेचबिखन गर्न, सोझासाझालाई कुटपिट गर्न, एसएलसीको जाँचमा चिट चोराउन अनि गरीब जनताबाट उठाइएको करबाट मोटो रकम पचाउन । र अन्त्यमा ठालु नेताहरु संबिधानसभा भन्दा बाहिरै बसेर जनता र देशको लागि भन्दा पनि यिनीहरुलाई लुटेर आफूले मस्ती गर्न पाइरहेको अहिलेको अवस्थालाई पछिसम्म कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बिषयमा जोडघटाऊ गरेर देश र जनतालाई कामै नलाग्ने एउटा उँट जस्तो संविधानको लागि आवश्यक सहमति गरे । अब बन्ने संविधान अनुसार नेपाली जनताले सधैं भरी ३ सय ७६ लठैतहरुलाई काम न काजसँग आफ्नो खून पसिनाको कमाइबाट पाल्नुपर्ने छ । अझ यो त केन्द्रिय संसदमामात्रै, ११ वटा राज्य बनाए पछि त्यहाँ कतिबाट अरु कति यस्ता लठैतहरुले अांँअाअा गरेर मुख बाउने हुन् हिसाब गरेर साध्यै छैन । हे नेपाली जनता हो तिमीहरु मर! खाडीमुलुकमा घामको रापले सेकिएर मर! अनि मलेसियाको गल्लीमा कुकुर झै मर! मस्तीका दिनहरु त नेताहरु को पो हो ।
Read Full Discussion Thread for this article