Posted by: _____ May 15, 2012
कविता जस्तो............
Login in to Rate this Post:     1       ?         Liked by

कविता जस्तो......

मलाई कविता लेख्न मन लग्यो, लेखु? 
न बाउ ले लेखे, न बाजेले,
कविता लेख्ने तिम्रो "पहिचान नै"  छैन
होइन, म त लेख्न सक्छु नि, लेखु ?
सब्द बटुलेर मात्रै कविता हुन्छ ?
कविता लेखें तिम्रो "सामर्थ्य"  छैन

तर म त लेख्छु लेख्छु काबिता
ल हेर मेरो कविता, राम्रो छैन ?
कविता होइन, दिग्भ्रमित सोचाइ बगेको हो
होइन, यो त  स्वोत: स्रुफुत कन्चन ज़ल हो


यसमा  जिबन को मिठास छ
तिम्रो सपना हो, सबैलाई किन बेच्छौ
यसमा माया को सुगन्ध छ
होइन, त्यो तिम्रो स्वार्थ हो

यसमा जिबन को बाटो  छ
तर देखाउ कहा  छ लक्च्य ?
यसमा बिहानी को सुगन्ध छ
रात को आध्यारो पानि त छ नि

यो मैले लेखेको कविता हो
होइन, तिम्ले कोरेको दिवास्वोप्न  हो
यो एउटा राम्रो कविता हो
होइन, एउटा कविता जस्तो मात्रै
Read Full Discussion Thread for this article