Posted by: Geology Tiger May 15, 2012
Changing lastname to "Nepal" for a united Nepal?
Login in to Rate this Post:     1       ?         Liked by
तितो सत्य साथी,

कुरा एकदम सही हो, तर मेरो तर्क के हो भने एक देशमा बस्ने सबै नागरिक भावनात्मक रुपमा एक हुनुपर्छ र अझ संसारकै मानवहरु पनि एक हुनुपर्छ । यति मात्र किन म त अहिंसाको पूजारी, कुनै पनि प्राणीको हिंसा गर्नु हुँदैन भन्ने मेरो मान्यता हो र सम्पूर्ण प्राणीमात्रको जय होस् यो मेरो मूल मन्त्र हो । यो त भए भावनाको कुरा, अब यथार्थताको कुरा गरौ । निश्चित रुपमा हामी को हौ र कहाँबाट आयौ भन्ने कुरा पुरानो भइसक्यो त्यसैले त त्यो हाम्रो ईतिहास भयो । तर ईतिहासलाई भावी पुस्ताको लागि जोगाउने जिम्मा पनि त हाम्रै हो । ल मानिलिउ हामी सबैले नेपाली थर राख्यौ, अब भन्नुस् के हामी साँच्चै नै उद्देस्यमा सफल हुन्छौ ? र के सबै यसो गर्न सहमत हुनेछन ? ल एउटा अत्यन्त जातीवादी व्यक्तीलाई जवर्जस्ती थर परिवर्तन गर्न लगाएर नेपाली रखियो रे, के भोली देखिनै उ सबै नेपालीलाई नेपाली मात्र देख्ने हुन्छ? के नेपाली थर राख्दैमा भोली देखि राइको नाक बाउनको जस्तो चुच्चो र बाउनको नाक राइको जस्तो थेप्चो हुन्छ ? भनाइको मतलब हामी सबै नेपाली हौ तर हाम्रो शाररिक रंगरुप एकै छैन, हाम्रो चालचलन एकै छैन र हाम्रो संस्क्रिती पनि एकै छैन । उहिलेको कुरा पुरानो भए पनि यही उहिलेकै कुराले गर्दा नै हामी वर्तमानमा एक अर्कोसँग यसरी फरक भएका हौ र यो हाम्रो यथार्थ हो ।

एक थरी नारी पुरुष बराबरी भनेर कुर्लनेसँग मलाई सार्है हाँसो उठ्छ । अरे बाबा प्रकृतिले नै अत्यन्त फरक खालको शरीरिक बनावट दिए पछी कि त सबैले सन्तोष पन्तको छोरोले जस्तै गर्नुपर्‍यो नत्र कसरी नारी पुरुष बराबरी हुन्छ ? हाम्रो मान्यता के हुनुपर्छ भने कोही पुरुष भएकै आधारमा अथवा कोही नारी भएकै आधारमा समाजबाट गरिने व्यवहारमा चाँही भेदभाव नहोस् । हो त्यसै गरी फरक अनुहार भएका र फरक संस्क्रिती बोकेका नेपालीहरु बिचमा त्यसैको आधारमा भेदभाव पनि नहोस् । जव कोही नेपाली यो जातिय सम्मानको भावनालाई आत्मसाथ गर्न सक्ने अवस्थामा पुगिसक्छ तव उसले नेपाली थर राख्नु र नराख्नुले खासै फरक पार्दैन । अनि जवसम्म उसमा त्यो जातिय सम्मानको भावना पलाएको हुँदैन उसले नत नेपाली थर नै राख्ला र राखे पनि त्यसले कुनै फरक पार्दैन । फेरी पनि म भन्छु सबभन्दा ठुलो परिवर्तन व्यक्तिको भावनाको हो नामको होइन । गधालाई गाई नामकरण गर्दैमा त्यसले भटाभट दुध दिन त सुरु गर्दैन नि, गर्छ र?

म पनि जमानामा जोन लेनिनको इम्याजिन सुनेर सारा संसारको मान्छे सबै एक हुनुपर्छ भन्ने भावनामा बगेको मान्छे र अझै पनि मेरो मनको एउटा कुनामा त्यो बाँकी नै छ । ज-जसले जातिय सम्मानको भावनालाई आत्मसात गरेर आफ्नो थर नेपाली राख्नु भएको छ उहाँहरुलाई मेरो सलाम । तर नेपाली थर राखेकै भरमा म सबैलाई यसरी सम्मान गर्दिन, मेरो मूल्याकंन नाममा होइन काममा आधारित हुनेछ र म आफ्नो थर नेपाली पनि राख्दिन । तर म यति कुरामा ढुक्क छु मेरो मन पनि ती नेपाली थर राख्नेहरु भन्दा कम नेपाली चाँही छैन ।
Last edited: 15-May-12 12:34 PM
Last edited: 15-May-12 12:36 PM
Read Full Discussion Thread for this article