Posted by: bittertruth May 15, 2012
Changing lastname to "Nepal" for a united Nepal?
Login in to Rate this Post:     0       ?        
हामि मात्र मानब हौ | न हाम्रो केहि जात हुनु पर्छ न त पहिचान , पहिचान हुनु पर्छ त सिर्फ मानवताको | येसरी, मानब-मानब बीचमा विभेद ल्याउने खालका जुन किसिमको संस्कृति अझ भन्नु पर्दा संकुचित विचारधारा जो सायद संसारको सबै देशहरुमा छ , त्यो नस्ट हुनु एकदम जरुरि छ | हामी कहाँ बाट आयो र हाम्रो इतिहास जस्ता कुराहरु पुराना भै सके | नया इतिहास रच्न जरुरि छ - एक पृथ्वी एक मानब | जब सम्म यो धारणाको बिकाश हुदैन तब सम्म आतंक, द्वन्द, लडाई, घृणा इत्यादिको क्रम जारि नै रहनेछ |
शुरुवात प्रतेक देशमा बस्ने हरुले आफुलाई तेही देसको नामलाई अङ्गीकार गरि सांकेतिक रुपमा भएनी आफ्नो  जातीय पहिचानको नस्ट गर्नु हो र एउटा नया पहिचानको सुरुवात | एती गर्न सकियामा देश भित्र रहेका सबै एक हुने थिए होला - कल्पना गर्न सकिन्छ |
कतिलाइ मेरो विचार नपच्ला तर अध्यात्मिक विचारधारा बोकेका मजस्ता हरुले भने एस्त कुरा उहिले पचाई सक्या छन् |
Read Full Discussion Thread for this article