Posted by: shahi baba May 14, 2012
Changing lastname to "Nepal" for a united Nepal?
Login in to Rate this Post:     0       ?        
नेपालको बिजोगमा बाथरुमकफी जस्ता बकम्फुसे नालाएकहरुको ठुलो हात छ. यिनीहरु आफुले पनि केहि गर्दैनन अरुले गरेको पनि सहदैनन. न त आफुले केहि गर्ने कोशिश नै गर्छन. खाली नचाहिने तर्क बितर्क राखेर आफै ठुलो देखाउन  र आफ्नो  ध्वाँस फुक्ने कोशिश निरन्तर गर्छन| अनि आफ्नो चलाकीमा गौरब गर्दै अरुको भत्सर्ना गर्दै जीविका आर्जन गर्छन| येस्ता देश द्रोही देशका नालाएक कुपुत्रहरु देश बिकाशको चाहाना गर्दैनन् बरु के भन्यो भने आफु मपाई हुन्छ भन्ने सोचमा ब्येस्त हुन्छन| येस्ता हरु संग मुख लागेर केहि हुनेवाला छैन| काग कराई रहन्चन पिना सुक्दै जान्छ| जस्तो परिस्थितिमा पनि भुसिया कुक्कुरहरु भुकी रहन्छन| यिनीहरुको भुकाई को केहि अर्थ भएन|

नेपाल नाम राख्ने सन्दर्भ सांकेतिक रुपमा सहि विचार हो| जात पातको युगौदेखि चली आएको भेद भावलाइ एकै दिनमा परिवर्तन गर्न सकिदैन| येस्तई गरि बिस्तारै सांकेतिक रुपमा भएपनि सचेत युवाबर्गले बिस्तारै संस्कृति र संस्कारको बिकृतिहरुलाइ जनता र नेताका अगाडी ल्याउन खोज्नु पनि परिवर्तन को जगको लागि आवस्यक हुन सक्छ|

यो गरे पनि भएन त्यो गरे पनि भएन भनेर बसियो भने केहि हुने सम्भावना छैन| अवस्य पनि बिगतका दशकहरुमा नेता भन्दा भनौदाहरुले देश अनि देशवासीको दिन दहाडै बालात्कार गरेका छन् अनि हामि मुक भै हेरेर बस्न बाध्य भएका छौ| तर अहिले आएर जात पात को आड लिएर नेताहरुले आफ्नो  मागी खाने भाडा को अस्तित्वो जोगाउन खोजिरहेका छन्| एस बेला देश प्रेमी नेपालीहरुले एक जूट भएर देखाउन परेको छ कि हामि पहिले नेपाली हौ| देश टुक्रे पछि कोहि नेपाली हुदैनन्| हाम्रो अस्तित्व जातमा होइन देशमा भएको तथ्य सबैमा अवगत नै छ तर नेता हरु को क्रुर दुस्सहास र कुचेस्टाको कारण आज नेपाली दाजु भाइ हरुमा तनाबको स्थिति उत्पन्न भैराखेको छ|

सडकमा उत्रेर तनाबलाइ झन् बदौनको साटो आजको अंतरजालोको युगमा आ-आफ्नो पुस्तौली नामलाइ "नेपाल" भनेर आ-आफ्नो पारस्पारिक सम्झौता र एकताको प्रमाण दिने कोशिश गर्दैमा कसैको केहि बिग्रिन्छ जस्तो लाग्दैन|

आखिर कोशिश न हो| कोशिश जारि छ|
Read Full Discussion Thread for this article