Posted by: waiyat May 13, 2012
Not again!!Plane crash near Pokahar..
Login in to Rate this Post:     0       ?        
काठमाडौँबाट जोमसोम उडेको अग्नि एअरको डोर्निएर विमान पोखरा आसपासको पहाडमा दुर्घटना हुँदा त्यसमा सवार १८ जनाको मृत्यु भएको आशंका गरिएको विमानस्थल स्रोतलाई उद्धृत गर्दै नागरिकन्युजकर्मी सुशील भट्टराईले जनाएका छन्। क्याप्टेन पी.एस पाठकले उडाएको विमान काठमाडौँबाट जोमसोमका लागि उडेकोमा इन्डिकेटरमा खराबी देखिएपछि बीचबाटै पोखरामा अवतरणका लागि फर्केको थियो। फर्कने क्रममा पोखरा आसपासकै पहाडमा ठोक्किएको हुनसक्ने विमानस्थल स्रोतले जनाएको छ।

अग्नि एअरको सो डोर्नियर विमानमा दुई विदेशी र बाँकी भारतीय यात्रु रहेको बताइएको छ। विमानमा तीन चालक दलका सदस्य थिए। 

विस्तृत विवरण आउन बाँकी छ।

Source:Nagarik News.
Read Full Discussion Thread for this article