Posted by: doshi chasma May 12, 2012
अन्धो चस्मा
Login in to Rate this Post:     1       ?         Liked by


 

मेरो आँखा कमजोर छ

निकै कमजोर

नजिकको मानिस नि चिन्न गार्हो हुन्छ

अक्षर पनि राम्रोसंग बुझ्दिन

मैले बोलि पनि देख्न छोडे

आँसु ,हाँसो केहि देख्दिन

ज्योती पनि अन्धकार देख्छु

   
       “पावरफुल चस्माछ मेरो पनि 

ति लायेपछि सबै प्रस्ट देख्छन् चस्माले

तर मैले देख्दिन

एनामा हेर्दा पनि आँफु देख्दिन

सायद म एनामा देखिन लायक को छैन

वा, होला पावरफुल चस्माले नजिकैको देख्दैन

त्यो म जान्दिन

चस्मा फुकाले आँखा दुख्छ ,नफुकाले जीवन  दुख्छ 

तेही ,नक्कली ग्लास भएको चस्मा

फेर्न पनि नमिल्ने , आफैलाई जन्म दिने चस्मा

दुइ गलत सिसाहरुले फसाए

कठै बरी मेरा दुइ नानीहरु !

मेरा आँखाहरु अन्धा नहुन !

 

(जिन्दगीमा गलत आमा बाउ पाउनुको पिडा खप्न नसक्ता)

 

Read Full Discussion Thread for this article