Posted by: stopthewar May 10, 2012
YO KINA RA KASKO KARAN LE BHAI RAYAKO CHA....
Login in to Rate this Post:     0       ?        

‘तमुवान बोर्ड’ हटाउन खोज्दा पोखरामा झडप

यस्तो देखियो नेपाल बन्द (फोटो फिचरसहित)

 

२८ बैशाख, पोखरा । जातीय राज्यको बिरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीले पोखरामा तमुवान राज्य लेखेको बोर्ड हटाउन खोज्दा झडप भएको छ ।

आन्दोलनकारीले पोखराको पृथ्वी चोकमा रहेको ‘तमुवान राज्य’ लेखेको बोर्ड हटाउन खोज्दा प्रहरीसँग झडप भएको हाम्रा सहकर्मी दीनानाथ बरालले जनाएका छन् । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको थियो । दुई जना आन्दोलनकारी घाइते भएको र उनीहरुको उपचार भइरहेको बताइएको छ ।

पोखरासहितको क्षेत्रलाई माओवादीले तमुवान राज्य बनाउन प्रस्ताव गरेपछि यसक्षेत्रका अन्य जातीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बाहुन-क्षेत्री, दसनामी, दलित लगातको आन्दोलनलाई समर्थन गरेका छन् । केही दिनअघि उनीहरुले पोखराको पृथ्वी चोकमा रहेको लखन थापाको शालिकसमेत हटाउन प्रयास गरेपछि प्रहरीलाई सुरक्षा दिन हम्मे हम्मे परेको छ ।

भेडाहरु नेता भएपछि यस्तै हुन्छ । सन् १७८९ मा बनेर जारी भएको संयुक्त राज्य अमेरिकाको संविधानलाई आज २२३ वर्षसम्म चुनौती दिइएको छैन । यति लामो समयको अन्तरालमा २६ पटक संशोधन गरिएको यो विश्वकै सबैभन्दा छोटो संविधान हो । राज्य सञ्चालनका कतिपय आधारभूत पक्षसमेत संविधानमा उल्लेख नगरिए पनि अमेरिकी नागरिक तथा नेताले त्यस संविधानलाई उत्कृष्ट ठानेरै पालना गरेका छन । तर नेपालमा पछिल्ला दिनमा के भएको छ भने नेपाललाई परिर्वतन गर्छाै भन्नेहरु देशको नक्सा नै मेटाउने काममा लागेका छन । यतिवेला नेपालमा भारत र अमेरिकाको नेपाल नीतिलाई कार्यान्वयन गराउनेहरु सक्रिय रहेका छन् । उनीहरुले प्रसस्त खर्च गरेर केही जातीय समूहहरुलाई समातेका कारण उनीहरुको वोली चर्को र ठूलो देखिएको छ । यो कुरालाई समयमा नै ख्याल गरिएन भने नेपाल नराम्ररी सैनिक तानाशाहीमा फस्ने छ । त्यतिवेला अहिले प्राप्त जनताका हक अधिकारहरु पनि अपूर्वका विषय हुने छन् र अहिलेका उपलब्धी फेरी प्राप्त गर्न नेपाली जनताले दशकौं संर्घष गर्नुपर्नेछ ।
Read Full Discussion Thread for this article