Posted by: Bhaktey May 9, 2012
Amar Bahadur Bam is in Dubai Death Row
Login in to Rate this Post:     0       ?        
 २६ वैशाख, काठमाण्डौ । दुवईको अदालतबाट मृत्युदण्ड सुनाइएका नेपाली अमरबहादुर बमकी श्रीमतीले आफ्ना श्रीमानको जीवन रक्षाका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग गुहार मागेकी छिन् ।

श्रीमानको जीवन रक्षाको पहलका लागि केहीदेखि राजधानीका सडकमा भौताराइरहेकी धनमतिले बुधबार संविधानसभा भवन नयाँवानेश्वरमा पुगेर प्रधानमन्त्रीसँग गुहार मागिन् । सुदुरपश्चिमका केही प्रतिनिधिसहित प्रम कार्यालय पुगेकी उनले ज्ञापनपत्र बुझाउँदै भनिन- ‘मेरो श्रीमानलाई बचाइदिनुस हजुर ।’

जवाफमा प्रधानमन्त्रीले कुटनीतिक पहल गरेर बमलाई बचाउन पहल गर्ने आश्वासन दिएका छन् । उहाँको जीवन रक्षाका लागि सवैखाले पहल गर्छु, कसरी हुन्छ उहाँलाई बचाउने प्रयत्न नेपाल सरकारले गर्छ’ प्रधानमन्त्रीले धनमतिलाई आश्वासन दिए ।

धनमतिसँगै पुगेका सुदुरपश्चिमका सभासदले प्रधानमन्त्रीले सिधै पहल गरेर भएपनि उनको जीवन बचाउनुपर्ने माग गरेका थिए । अन्य मुलुकमा प्रधानमन्त्रीले आफ्ना नागरिक बचाउन सिधै पहल गरेको उदाहरण पेश गर्दै सभासदले मृत्युदण्ड घटाएर जेलजीवन मात्रैको सजाय बनाउन भएपनि पहल गर्नुपर्ने बताएका थिए । नेपाली बोल्न नजाने धनमतिले आफ्ना गुनासा डोट्याली भाषामै प्रधानमन्त्रीलाई सुनाएकी थिइन् ।

भारतीय नागरिक सरद सेठ्ठीको हत्या अभियोगमा दुबई अदालतबाट मृत्यु दण्ड सुनाइएका बम निर्दोष रहेको बताइएको छ । उनीसँगै पक्राउ परि मृत्युदण्ड सुनाइएका मनोज मुदाना र करणसिंह राजपुतले पनि बमको हत्या योजनामा कुनै संलग्नता नरहेको भन्दै माफी दिन आह्वान गरेका छन् ।

source: http://onlinekhabar.com/2012/05/161314.html

Read Full Discussion Thread for this article