Posted by: Geology Tiger May 8, 2012
थूईया कन्स्रट अर्गनाईजरहरू, त्यस्तो मूजीनी कन्स्रट हून्छ !
Login in to Rate this Post:     0       ?        
खासमा मलाई यो धागोमा लेख्न पुगिसकेको थियो, लेख्न मन लागेको कुरा लेखिसके अब जति लेखे पनि हुनेवाला केही होइन...

तर रिडल ब्रोलाई सानो जानकारी दिन चाहन्छु..

म अङ्रेजी भाषाको जानिफकार होइन त्यसकारण leg pulling को अर्थ अङ्रेजीमा अर्कै भए मलाई थाहा भएन ..

तर हामी सबैले सधैं दोहराउने गरेको नेपालीहरुको खुट्टा तान्ने बानीलाई लक्षित गरेर रिडलले leg pulling लेखेको भए यसको प्रयोगको बारेमा केही भन्न चाहन्छु

यदी मैले तिम्रो अगाडि चाँही रिडल ब्रो तिमी क्या स्मार्ट यार भनेर ठीक्क पार्ने तर तिमीले कुनै राम्रो कम्पनीमा राम्रो जब पाउन लागेको बेला सुटुक्क गएर त्यो रिडल भन्ने त लास्टै ठिस र ओजे छ, चाहिने नचाहिने कुरामा निउँ खोजेर बस्छ त्यसलाई काम दिनु हुन्न है भनेर चुक्ली लगाए भने मैले तिम्रो खुट्टा तानेको ठहर्छ ...

यहाँ त सबैले एउटा कार्यक्रम हेरेर आइसके पछी त्यो कार्यक्रम राम्रो भएन, एउटा कुरा भनेर अर्कै कुरा गरे भनेर गुनासो मात्र गरिरहेका छन् र जहाँसम्म लाग्छ यसलाई खुटा तान्नु भनिदैन होला ...

खुट्टा तान्नुको खास अर्थ अगाडि बढ्न नदिनु, प्रगति गर्नबाट रोक्नु हो ..
यहाँ त कार्यक्रम गर्नेले कार्यक्रम गरिसके, उठाउने पैसा उठाइसके... त्यसकारण खुट्टा तान्ने प्रयोग गर्नु अलि सान्दर्भिक भएन कि भन्न खोजेको हो

यदी कार्यक्रमका आयोजकहरु बुद्दिमान हुन् भने यसलाई तिमीले भने जस्तै प्रतिकार गर्नुको सट्टा स्वस्थ्य सुझावको रुपमा लिएको बेस हुन्थ्यो ।

र म तिम्रो प्रतिकृया पढेर सिरियस भएको थिइन, मज्जाले हाँसिरहेको थिए.. शायद तिमीले मैले लेखेको पहिलो वाक्य देखेन होला ....

लौ त अबलाई यो धागोमा मेरो प्रतिकृयाहरुको बिट मार्ने अनुमति चाहन्छु ....
 
Last edited: 08-May-12 11:10 AM
Last edited: 08-May-12 11:22 AM
Read Full Discussion Thread for this article