Posted by: Geology Tiger May 6, 2012
थूईया कन्स्रट अर्गनाईजरहरू, त्यस्तो मूजीनी कन्स्रट हून्छ !
Login in to Rate this Post:     0       ?        
हे भगवान म त यो नेपाली कार्यक्रम आयोजना गर्ने मान्छेहरु र कार्यक्रम हेर्ने दर्शकहरु दुवै थरी देखेर आजित भैसके ...

यो कार्यक्रम आयोजना गर्नेहरुलाई कति भन्नु गीत संगीतको कार्यक्रममा अलि राम्रो साउन्ड सिस्टम राखुँ न भनेर.. जहाँ पनि टु.... टवावावा ... टिईीइ ... घ्वार्‍र्‍र .... स्याईईई

कार्यक्रममा रमाइलो गर्न बोलाको हो कि पिडा दिन बोलाको हो केही थाहा हुँदैन । राम्रो साउन्ड सिस्टम नभए त्यो हल्ला भइहाल्यो नि के को सँगित?

हे यस्ता साँगितिक कार्यक्रम गरेर नेपालीहरुलाई कसैले नसक्ने गुण लगाउनु भएका आयोजक महानुभाव हो कृपा गरेर साउन्ड सिस्टममा ध्यान दिनु होला ...

फेरि कतिसम्म असहिष्णु भने नि .. साउन्ड सिस्टम राम्रो भएन भन्यो कि तलाई थाहा रहेछ त तैले आँफैले गरेको भए हुन्थ्यो नि भनेर जवाफ आइहाल्छ.... यो चोटिको गाल्ती भएछ अर्को चोटिबाट यस्तो हुन दिदैनौ भनेर एक वचन बोल्न त पहाडै खस्नुपर्छु ..... केही भन्यो कि रनक्क

अनि नेपाली दर्शक....... जे कुरामा पनि गुनासो... यो भएन त्यो भएन .... अझ सबभन्दा रिस उठ्ने त कसैले आफ्नो बच्चा नियन्त्रण गर्न नसक्ने... यताबाट उता उताबाट यता जता ततै बच्चै कुदिरहेका .... च्याँठिरहेका, चिच्याइरहेका ..... अगाडि सिटमा बसेको हुन्छ पछाडिको सिटको बच्चाले भुक्क लात्ती हान्छ ... बच्चाहरुलाई गाली गर्न खोजेको होइन तर बौ - आमाले तिनलाई नियन्त्रण गर्न सक्नुपर्‍यो नि .... बच्चा त बच्चा बच्चासङै ठुलाहरु पनि त्यतिकै हल्लाखल्ला गर्ने........

पोहोर एउटा नेपाली सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथी बनेका एउटा शहरको मेयरलाई यो चोटि पनि कार्यक्रममा अतिथी बन्न आग्रह गर्दा हात जोड्दै भने कृपया ममाथि रहम गर्नुस... म तपाईंहरुको कार्यक्रममा भएको त्यो हल्लाखल्ला आवाज सहन सक्दिन ....

अनि कार्य्क्रम आयोजक र दर्शक दुवैको पुरानो रोग कहिले पनि समयमा केही नगर्ने... आफु ढिला होइन्छ कि भनेर चाँडो गयो... कुर्दा कुर्दा हैरान ....

आज चाँही अलि ढुक्क छु ... नेपाली चलचित्र लुट थियटरमै लगाउन लागेका छन् .......अब थियटरवालालाई त नेपाली दर्शक आए पनि नाआए पनि बाल नै छैन नि .... अाज चाँही टाइममै फिल्म हेर्न पाईन्छ जस्तो छ
Read Full Discussion Thread for this article