Posted by: Rahuldai April 30, 2012
तिम्रो मेरो सम्बन्ध !!!!!
Login in to Rate this Post:     15       ?         Liked by

 तिम्रो मेरो सम्बन्ध !!!!!

अनन्त  यात्रा,
अनिगिन्ती सहयात्रा,
संग संगै हिड्यौ,
संग संगै पुग्यौं .
 
तिमी मेरो
मेरो तिमी
छाँया मात्र थिएन,
 
तिमीलाई दुख्दा,
दुख्ने तन मेरो,
मेरो पिडामा  
रुने मन तिम्रो
माया मात्र थिएन
 
सुखमा रमायौं,
दुखमा रसायौं,
एक अर्कालाई
पीर मर्कालाई
यसरी बुझ्यौं
यसरी पुज्यौं
मानौ इश्वर र नश्वर बिचको सार
धरती र स्वर्ग बीच जोडिने तार


हामी बिचको सम्बन्ध,
हामी बिचको आस्था
 
कसरी  परिभाषित गरुं म?
कसरी बिभाजित गरुं म ?
 
माया पिरती भन्दा संग्लो ,
आकाश धरती भन्दा अग्लो,

न तृष्णा थियो
न वासना थियो,
न राधा थियो
न कृष्णा थियो .
 
एउटा नचुडिने,
कतै  नमुछिने
भावना थियो
सदभावना थियो.
पबित्र, निश्चल
अविचलित, अविरल
हाम्रो सबन्धलाई,
कुन नाम दिउँ,
राम त बदनाम
हुने जगतमा 
फगत कुन नाम दिउँ ?
 
 
 
Read Full Discussion Thread for this article