Posted by: saja April 27, 2012
chitwan as a new capital
Login in to Rate this Post:     0       ?        
काठमाडौँ सुन्दर  सफा सहर लै फोहोर हुने कार्य चाही २०४६ पछि सुरु भएको हो... यसलाई नकार्नु हुदैन. काठमाडौँ सुन्दर सफा खुल्ला MUSEUM को रुप मा चिनिन्थ्यो , मन्दिर नै मन्दिर को सहर भनेर पनि चिनिन्थ्यो, जसलाई राम्रो प्रचार गरेर , नेपाल मा राम्रो आम्दानी को श्रोत बनाउन सकिन्थ्यो. तर २०४६ साल पछि क नेता हरु आफु पनि गाऊ जना छाडे, र आफ्नो गाऊ सहर को बिकाश गर्न छाडेर, गाऊ को आफ्ना कार्य कर्ता काठमाडौँ झिकाउने र, काठमाडौँ नै आउनु पर्ने बाध्यता लै कम गर्नु को साटो, सहर आउने पर्ने बाध्यता बढाउदै लागे . हरेक नेपाली हरुमा जसरि भए पनि काठमाडौँ मा घडेरी जोड्ने इच्छा बढ्न थाल्यो, नबढोस पनि कसरि, अलिकति बिरामी भए काठमाडौँ नै आउनु पर्ने, मास्टर गर्नु पर्यो काठमाडौँ नै आउनु पर्ने, आफ्नो नेता भेट्न, काठमाडौँ नै आउनु पर्ने. जसको परिणाम आज को काठमाडौँ हो... यसमा मा नेताहरु को  को दोष देख्छु...हामी त सबै जनता हौ, जहाँ आफुलाई राम्रो हुन्छ त्यहाँ त जनै पर्यो नि.... अमेरिका जाने पनि त्यसैको लागि हो, काठमाडौँ आउने पनि त्यसैको लागि हो........
Read Full Discussion Thread for this article