Posted by: behoove_me April 25, 2012
बिगतको घाऊ कोट्यायौ तिमीले...........
Login in to Rate this Post:     2       ?         Liked by

ठुल्दाइ को अगाडी आफ्नो के चल्छ र? शब्द त्यति नआए पनि एउटा सानो हास्य कविता:

धेरै पैसा खर्च गरायौ तिमीले
अनि भ्यालेन्टाइन गिफ्ट हरायौ तिमीले

विश्वज्योति को अँध्यारो मा 'चुप्प' खान लाग्दा
दाइले देख्छ भनि डरायौ तिमीले

मोटरसाइकल पन्चर भै डेटमा लेट हुँदा
भएभरको रिसको पोको एकै चोटी खन्यायौ तिमीले

जूस मात्रै खान्छु भनि लुकिछिपी
नान्ग्लोमा दुइ गिलास भोड्का सिध्यायौ तिमीले

Read Full Discussion Thread for this article