Posted by: Deep April 23, 2012
Login in to Rate this Post:
0
?
रातो बाणको दनक किन किन आईलाग्या होला? निश्चित कारण त धनुर्धारीलाइ नै थाह होला तै पनि मेरो अनुमान निम्न लिखीत बिषयमा अल्झिन पुगेका छन: (अनुमान तीन थरी छन: बस्तुपरक, ब्यक्तिपरक, अमूर्त)
१- धनुर्धारीलाई मेरो प्रस्तुती मन परेन। (बस्तुपरक)
२- धनुर्धारीको मेरो लेखाई सँग कुनै सरोकार छैन तर उनलाई म मन पर्दैन। (ब्यक्तिपरक)
३- धनुर्धारीलाई न म सँग सरोकार छ न नै मेरो लेखाई सँग। हैन यो बाण चल्छ पनि? भन्ने कौतुहलको निराकरण गर्न मेरो प्रस्तुती यत्तिकै छानीन पुग्यो। (अमूर्त)
बस्तुपरक बिषयलाई लिएर चलेको बाण हो भने म त्यो बाणको हार्दिक स्वागत गर्छु। मेरो लेखाई रातो बाण खानै नहुने स्तरको पक्कै छैन। यो बालुवाको बाँध जस्तो लेखाईलाई दिन्छु दनक भनेर चलाको बाणले गुन लगाएको छ मलाई। बाण सँग सँगै सुझाव पनि भैदीएको भए झन राम्रो हुन्थ्यो। तर ,गुन भनेको गुनै हो। अमूल्य। रक्त-बाणको रुपमा आएको यो अमूल्य गुन प्रति म धन्य छु।
ब्यक्तिपरक कारणले चलेको हो बाण भने म त्यस्को पनि स्वागत गर्छु। म त्यस्तो पन्चामृत-स्नानको योग्य मान्छे पनि कहाँ हो र? अवगुणहरु कति छन कति। गन्न तिर लाग्ने हो भने जिन्दगी नै सकिएला भन्ने पीर। बरु सुधार्न तिर लाग्दा अवगुणहरु पनि घटदै जाने, मनको भारी पनि हलुम हुँदै जाने भनेर त्यता तिर लागेको छु। तै पनि कुन चै अबगुणले आकर्षित गर्यो त्यो रक्त-बाण, त्यो थाह पाउन पाको भे त्यो अबगुणलाई ठेगानमा ल्याईहाल्थें। धनुर्धारीले मेरै फाईदाको लागि चलाको हुँदो हो बाण त तर आफैले नबुझेर नोक्सानमा परीयो नी अब।
अमूर्त कारणले चलाएको हो बाण भने पो मुस्किल पर्यो त मलाई। स्वागत गरुम भने न त म तिर न नै मेरो प्रस्तुती तिर ताकेको बाण, नगरुम भने रोपीएको छ घ्वाप्पै। धनुर्धारी देवी/प्रभो, यस्तो मुस्किलमा पार्दीने काम गर्दीन भएन नी यत्तिकै। अब चल्दो रे छ बाण भन्ने पक्का भैगो। ढुक्क हुँदा भो नी। कसो?