Posted by: jhaukiri April 22, 2012
Login in to Rate this Post:
7
?
Liked by
कविता चोर !
एउटा कथा लेखे,
पात्र..
घटना..
सत्य..
संघर्ष..
र हार ..
उसले एउटा प्रश्न गर्यो
नैतिक (?)
म चोर्छु ..
लुट्छु..
केही नलागे मान्छे मार्छु ..
आफ्नो नायकत्वकोलागि
क्रान्ति ल्याउछु ||
मानिसको जीवनभन्दा ठुलो क्रान्ति के होला ?
मानवता भन्दा ठुलो सिद्धान्त के होला ?
......होइन मैले सकिन
बन्दुक बोके..
बूट ठोके ..
क्रान्तिका हावादारी कुरा गरे
भद्दा-भद्दा शब्दावलीले
एउटा सरल कविता लेख्न
म चुके..
त्यसैले म चोर्छु
अरुको सोच..
अरुको भावना..
अरुको जीवनै
चोर्नु / बिगार्नु/ सिध्याउनु
मेरो हक हो ...
म यसलाई "जनयुद" भन्छु
बैधानिकता दिन्छु ।
ठुलो कुरा नगरौ |
मान्छे मार्न सक्नेहरुले
कबितामात्र चोर्नु
उनिहरुको साधुत्व हो |
१६ हजार रगत्को टाटोलाई
हँसिया र हम्मर
कोटाउन असफल....
मसीको २-४ छिटाले पखाल्न खोजेको होला
ठिकै हो ...
एक-दुइ थोपा म पनि दिन्छु
उ... दाइले दिनु भो
भाइले दिन्छ..
दिदी बहिनी ...
साथी ...
"साझाका"....सबैले दिन्छन्
कबिता लेख्छ्न...
चोराउन...
कथित क्रान्तीमा लान
बन्दुकमा हाल्न
अनी मान्छे ताकेर पडकाउन
किनकी ..
साथी ..
कबिताले मान्छे मोर्दैनन्
गोलिले मर्छन..
युदले मोर्छन
युदले मोरे ||
कथाको समाप्ती ||
americane साथीलाई समर्पित ।