Posted by: cheli April 20, 2012
साहित्यिक चोरी रोकौ
Login in to Rate this Post:     0       ?        
सस्तो लोकप्रियता पाउन जीवनमा मान्छेले कमाउन सक्ने सबै भन्दा महत्वपूर्ण कुरा "सम्बन्धहरु" लाई तोडिछन्  behoove_me कि नातेदारले ..  नजानेर भनौं भने मूल लेखकलाई hide गरेर post गरिछन फेरी .. सोझी भन्नु कि बाठी भन्नु अब!!

मेरो चैं घर भित्रै भएको छ अलि अलि येस्तै घटना . फेसबुक बन्नु भन्दा धेरै अघि अनि यति सजिलो internet access भन्दा पनि अघिको कुरा हो यो!   एकदिन मेरो भाइका साथीहरु आएका थिए घरमा गिटार बोकेर .. म बाहिर टिभी हेर्दै  थिएँ .  कोठा भित्र पसेर झ्याँग झ्याँग बजाउदै के के गाउन  थाले उनीहरु .. गीतका शब्दहरु ध्यान दिएर सुनेको त, मैले १-२ दिन अगाडी लेखेको गीत जस्तै पो लाग्यो  मलाई . अनि अझ कान थापेर सुनें .  नभन्दै मेरा भाइका ती साथीहरु मैले नै लेखेको गीत पो  गाउँदै थिए .

छक्क परेर भाइको कोठा भित्र गएँ म, भाइलाई पुलुक्क हेरें उ अलि हडबडाए जस्तो लाग्यो .. "कस्को गीत गाएको ?" भनेर भाइको साथीलाई सोधेको त मेरो भाइले लेखेको गीतमा उसले म्युजिक कम्पोज गरेको पो भन्छ उ त . थाहा नपाए जस्तो गरेर "यसले पनि कविता लेख्छ र" भनेर मैले भन्दा "ल दिदीलाई थाहै रहेनछ सार्है राम्रा पो  लेख्छ त " भन्यो साथीले . मेरो भाइ केहि बोलेको थिएन . साथीहरुका अगाडी केहि भनी हाल्न पनि मनलागेन, म पनि  चुप लागें. उसका साथीहरुले नदेख्ने गरी -"तेरा साथीहरुलाई जान त दे, म तेरो के हालत बनाइदिन्छु आज" type को आँखाले भाइलाई हेरेरै थर्काउन चैं भ्याएँ   .

साथीहरु गयिसकेपछी खै गर्दा पो थाहा भयो त मैले अगिल्लो दिन कविता/गीत लेखिसक्या  हुन्नथें उसले भोली पल्टै आफ्नु डायरीमा सारिसकेको हुँदोरैछ . स्कुलमा हिरो बन्नलाई साथीहरुलाई सुनाउँदो रैछ अनि, हुँदा हुँदा कहिल्यै कविताको "क" पनि नलेखेको मेरो भाइलाई साथीहरुले "कविज्यू" नी भन्न थालिसकेका  रैछन . 

सबैजनाले भएर त्यसदिन उसलाई हामीले गाली गर्यौं, सम्झायौं अनि उसले आफ्नु गल्ती स्वीकार्यो पनि. तर त्यसदिन मैले उसको त्यो कर्तूत थाहा नपाएको भए, अनि हामीले उसलाई सम्झाई-बुझाइ नगरेको भए, उ आज सम्म पनि अर्काका लेख रचना आफ्नु नाममा दुनियाँलाई देखाइरहेको हुन्थ्यो होला ..    
Read Full Discussion Thread for this article