Posted by: Rahuldai April 19, 2012
Clarifying everything about my poem बा म तिम्रो छोरो प्रकास, सगरमाथाको फेदी बाट
Login in to Rate this Post:     1       ?         Liked by
कबिता चाही यो थियो ... मधेश आन्दोलन मा तराइ भएको हिँसा को सन्दर्भमा


बलेको आगो ताप्नेहरु
त्यहि आगोमा रोटी सेक्नेहरु,
छिमेकि को घर् जल्दा चुपचाप् रमायौ
जलेको घरसंग आफ्नो घर् जोडिएको बिर्स्यौ
त्यही आगोमा तेल खान्याएर् फेरि झेल् गर्यौ
सेल पकाए झैं गरेर अर्को खेल खेल्यौ

खबरदार
मेरो देश कांच होइन, तिम्रो पत्थरले चर्किने
खबरदार
देश कमजोर् छैन ठुलो स्वरको चोर् संग थर्किने

कांचको दरबार् भित्र बसेर
जनताको घर्बार् जलेको,
फेरि तमाशा हेर्यौ
यति धेरै जलायौ,
यति धेरै चलायौ
अब तिम्रो अन्त्यमा
तिम्रो लाश जलाउन
कुनै आगो बल्ने छैन
तिम्रो आश जोगाउने
कुनै झेल चल्ने छैन

Read Full Discussion Thread for this article