Posted by: Trash April 18, 2012
wow, 'सहमतीय सरकारबाट संविधान जारी गर्दा राम्रो'
Login in to Rate this Post:     0       ?        

काठमाडौ, वैशाख ६ - राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधान जारी गर्न सुझाव दिएका छन् । सबै दल सरकारमा भए संविधान जारी गर्न सहज हुने उनको भनाई थियो ।

बुधबार राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई उनले त्यस्तो सुझवा दिएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहका रामरिझन यादवले सहमतीय राष्ट्रिय सरकारबाट संविधान घोषणा गर्न सके राम्रो हुने राष्ट्रपतिको सुझाव रहेको बताए ।

प्रत्युत्तरमा भट्टराईले आफू सुरुदेखि नै सहमतीय सरकारको पक्षमा रहेको भन्दै पटक-पटकको पहल असफल भएपछि बहुमतीय सरकार निर्माण भएको बताए । उनले सहमतीय सरकार आफ्नो एजेन्डा भएकाले त्यसका लागि अहिलेपनि पहल गरिरहेको उल्लेख गरेको उनका प्रेस सल्लाहकार यादवले ईकान्तिपुरलाई बताए ।

भट्टराईले शान्ति प्रक्रियामा भएको प्रगति तथा संविधान निर्माणका विषयमा दलहरुबीच भइरहेको छलफल बारे राष्ट्रपतिलाई 'बि्रफ' गरेका थिए । शान्ति प्रक्रियामा भएको प्रगतिप्रति राष्ट्रपतिले सरकारलाई धन्यवाद दिए । 'तपाईको नेतृत्वले शान्ति प्रक्रियामा सफलता प्राप्त गरेको छ,'राष्ट्रपतिले प्रधानमन्त्रीसंग भने 'तपाई र तपाईको टिम तथा राजनीतिक दलहरुलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।'

संविधानमा भइरहेको सहमतिको प्रयास बारे राष्ट्रपतिले विशेष चासो राखेका थिए । दुई दिनको छलफलबाट राज्यको पुनर्संरचना,शक्तिको बाँडफाँट, नागरिकता, न्यायपालिका लगायतका विषयमा सहमतिको धेरै नजिक पुगेको प्रधानमन्त्री भट्टराईले राष्ट्रपतिलाई जानकारी गराए ।

Read Full Discussion Thread for this article