Posted by: cybernepali April 16, 2012
काठमाडौको न्युरोडमा भुतले मान्छे पिट्यो !
Login in to Rate this Post:     0       ?        
More info on this


उमेश श्रेष्ठ, काठमाडौँ, वैशाख  ४- न्युरोडको त्यसै पनि व्यस्त रहने सडक सोमबार अलि बढी नै व्यस्त रह्यो। मध्याह्नदेखि नै त्यहाँको एउटा घरमा भूत देखिएको हल्ला चलेपछि राति ८ बजेसम्म पनि भीड लागेको थियो। न्युरोड पिपलबोटको अगाडि पट्टी रहेको रन्जना गल्ली पस्ने ठाउँको मुखैमा सडकमा रहेको घर हेर्न राति अबेरसम्म भीड लागेको हो।  'भूतघर' हेर्न लागेको भीडका कारण राति अबेरसम्म सडक जाम भएको थियो। प्रहरीलाई जाम हटाउन निकै गाह्रो परिरहेको देखिन्थ्यो। घरमा भूतले पिटेको हल्ला बिहानैदेखि चलेको थियो। दिउँसो केही टेलिभिजनले यसबारे समाचार प्रसारण गरेपछि सामाजिक सञ्जालका साइटहरुमा पनि भूतको चर्चा चुलिएको थियो।  हल्लैहल्लामा यो घरको चर्चाले आज भएको प्रमुख तीन दलको वार्ताको समाचारलाई समेत छायाँमा पारेको थियो।  

व्यस्त व्यापारिक क्षेत्र भए पनि लामो समयदेखि यो घरका माथिल्ला तल्ला एक दशकदेखि खाली रहेका छन्। भूँइतल्लामा भएको घडी पसल पनि आज बन्द थियो। यो घरमा भूत भएको हल्ला धेरै वर्षअघिदेखि नै चल्न थालेको हो। 

'भूतघर' हेर्न भेला भएकाहरुले सुनाए अनुसार आज त्यहाँ विभिन्न खाले हल्ला फैलिएका छन्। एउटा हल्लाले सो घरको पसलेले पसल खोल्न आउँदा गालामा चड्कन हानेको भन्छ। अर्को हल्लाले एक टेलिभिजन पत्रकारलाई भूतले झ्यालबाट खसालेको र अस्पतालमा उपचार गराइरहेको भन्छ। तर घरमा एक वास्तुशास्त्रीका साथ सुटिङ गर्न पुगेका एभिन्युज टेलिभिजनका क्यामेराम्यान बासु सत्यालले भने टेलिभिजनबाटै आफूलाई केही नभएको बताइसकेका छन्। सुटिङ गरिरहेकै बेला भूतले मान्छेलाई पिटेको हल्ला फैलिएको र हल्लैहल्लामा भीड जम्मा भएको बताइन्छ। 

स्थानीय काजी डंगोलले पनि भने, 'यहाँ कसैलाई केही भएको हैन, हल्लैहल्लामा यत्रा मानिसहरु भेला भएका हुन्।'


दिउँसोदेखि जम्मा हुन थालेको भीड रातिसम्म कायमै थियो। पिपलबोट अगाडिदेखि भूगोलपार्कसम्म भेला भएका मानिसहरु 'भूतघर' हेर्दै राति आठ बजेसम्म आ-आफूले सुनेका कुराको बखान गरिरहेका देखिन्थे। भूतघर भनिएको घरकै अगाडि भने प्रहरीले कसैलाई भेला हुन दिएको थिएन। तैपनि केही समयपछि एक हुल भेला भइहाल्थे। प्रहरीले त्यहाँ नबस्न अनुरोध गर्दैगर्दा भीड केही कम भए पनि केही समयपछि नै फेरि भीड जम्मा भइहाल्थ्यो। 
Read Full Discussion Thread for this article