Posted by: Geology Tiger April 12, 2012
नयाँ बर्ष २०६९ को शुभकामना
Login in to Rate this Post:     3       ?         Liked by
 नयाँ बर्ष २०६९ को आगमनको उपलक्ष्यमा एउटा पुरानै कविता 

नयाँ बर्ष,
तिमी सधैं झै यो चोटि पनि त्यही पुरानै शब्द 'नयाँ' टस्साँउदै आयौ।
खै त तिमीले नयाँ अनुभुती, उत्साह र उमङ के के बोकी ल्यायौ?
थाहा छैन तिम्रो आगमन पछि म नयाँ के के पाउँछु,
म त उस्तै नै रहनेछु,
र शायद वरिपरि पनि उस्तै नै पाउँछु,
थाहा छैन म यो उत्सव किन मनाइरहेछु,
शुभकामना त सबैबाट अँगालो भरि भरि पाइरहेछु,
के यो उत्सव केवल क्यालेन्डरमा हुने अंक परिवर्तनको हो?
वा यो उत्सव जमघट र रमाइलो गर्ने बहानाबाजी हो?

नयाँ बर्ष,
भैगो तिमी फगत बहाना बनेर नआउ,
क्यालेन्डरमा फेरिने अंकहरु मात्र बनी नआउ,
म त उस्तै नै रहनेछु,
तर तिमी म भित्र बदलिएको बिचार भई आउ,
म भित्रको अहम् र स्वार्थलाई सिध्याउन आउ,
अनि सहयोग र सद्भावको लाली बनी मेरो मन-मष्तिस्कमा छाउ

हो नयाँ बर्ष, सबैतिर तिमी सन्देस यही छर्दै जाउ,
बिन्ती, केवल क्यालेन्डरमा फेरिने अंक भई नआउ,
Read Full Discussion Thread for this article