Posted by: jhaukiri April 11, 2012
अरुहरु...
Login in to Rate this Post:     4       ?         Liked by
 
 
यता बाट हेर्दा 
उताबाट केर्दा
उल्टेको..
उप्केको...
आफैभित्रको सङ्घर्समा 
"आफु" ..बग्दै छ "अरुसंग" |
 
उभिएको मानसपटलमा ..
थिचिएको भावना 
सिस्नोघारी हुँदै ...
टिमूरको बोट उक्लादा ..
"अरुसंग" बन्चरो मागी
"आफु" त्येही बोट काट्दै छ 
आफ्नै चिताको लागि ||
 
विवस भए...
आत्माका ज्योति
"अरु" हुने प्रबल चाहनामा ..
"उनीहरुको" फोटोकपी 
गरिदैछ..."म" निकाल्नकोलागि..
"आफु" बाच्दा ..
"अरु" हुनुको  सायद 
मज्जा बेग्लै हुन्छ ||
Read Full Discussion Thread for this article