Posted by: jhaukiri April 9, 2012
यहाँ देखि त्यहाँसम्म |
Login in to Rate this Post:     2       ?         Liked by
 लम्पसार खाट,
अर्धमुर्छित डस्ना
स्मृतिका स्पर्शहरु |
साइडको बर्रदली ..
रछ्यानको पिकचर,
कागती झुण्डाको ढोका.
पेटी विहिन  बलेसी .
एउटा छात.... भाको भए...
यो घर हुने थियो |
 
बाटो ...
सर्बांग नागों..
बेरिदैछ पैतालासंग |
काठमा टासिएका पातहरु   
सजिब्ताको प्रमाणकोलागि कथा लेख्दै छन् ..
दुंगाका हरफहरु..
अक्षर बने...
यहाँ हरेक ठाउँ हरेक मानिस 
एउटा कथा बनेर बाँचेको  छ |
 
भीड ...
कुनै अर्थ बिना.. 
जसले जे  भन्यो ,
जसले जे गर्यो 
क्या परिचय छ !!!
समाजको टाउको 
बेश्य्को  शरीर ...
थकित भएर पनि 
चकित बनाउन..
फिजिएको छ ..
चारैतिर | 
 
हेर्दै..
दगुर्दै ..
दृस्टी र पाईलाको
युद्धमा ..
डुब्दै गएका किरणहरु ..
उभर्दै गएका आशाहरु
तन्काउदैछन् ..
यहाँ देखि त्यहाँसम्म |
 
कहिले छिन्ला यो जीवन...
Last edited: 09-Apr-12 12:15 AM
Read Full Discussion Thread for this article