Posted by: KishorLimbu April 8, 2012
ऐतिहासिक पहिचानलाइ जातीयतासंग मुछ्नु दुर्भाग्यपूर्ण
Login in to Rate this Post:     0       ?        
GT मित्र , प्रतिक्रिया को लागि धन्यवाद | तपाइको प्रतिक्रिया मननीय भैकन पनि पूर्वाग्रही बढी छ | तपाइको प्रतिक्रिया को केहि मुख्य  कुरा हरुको Reply  गर्ने प्रयास गरेको  छु |

लगभग २००० वर्ष पछि धर्म ग्रन्थमा उल्लेख गरिए अनुसार Jewis  state  Israel बनेको त तपाई जस्ता दिग्गज लाइ थाहा नै होला | अब तपाइको भने जस्तो कुरा गर्ने हो भने यो पृथ्वी नै एक देश भई हाल्यो नि किन  अमेरिका अस्ट्रेलिया जान  विसा चाहियो ? किन scotis  हरुको राज्य scotland राख्नु पर्यो , किन संसारकै गरिव  नेपालीहरुले संसारको धनि अस्ट्रेलिया र अमेरिकन भन्दा बढी तिरेर university पड्नु पर्थ्यो ?  किन iris हरुको देश Ireland  राख्ने ? uk  मा धेरै इन्डियन र पाकिस्तानी छन् अब ब्रिटिसको  नाम  Paki  land  राखे भै हाल्यो नि ? यस्ता आदर्श को कुरा बच्चा जस्तो नरटेकै  भए हुने थियो है मित्र !

काठमाडौ बाहिरका आजभन्दा ८० बर्से वृद्द लाई नेपाल कहाँ छ भनेर तपाई हरु कसैले सोध्नु भयो भने उसले काठमाडौँ लाई मात्र नेपाल हो भन्छ – त्यसतै सुदुर पूर्वी नेपालको लिम्बू बृद् हरुलाई सोध्नु भयो भने उनीहरुले आफु लाई दस लिम्बुवान बाशी भनेर भन्छन – किनकि उनीहरु नेपाली बाशी हुनु भन्दा हजारौ वर्षअघि देखि किरात देश को लिम्बुवान बाशी थिए |

गोर्खाले राज्य ले लिम्बुवानलाई जितेको होइन , बि. स . १८३१ मा स्वायत्त राज्य  हुने गरि सन्धि गरेका हुन् |   तत्कालिन समय मा लिम्बुवान को सिमा सिक्किम को टिस्टा नदि सम्म फैलिएको थियो र अझै ४० प्रतिसत लिम्बुहरुको जनसंख्या दार्जिलिंग र सिक्किम मा बसोबास गर्छन | "सिक्किम" सब्द लिम्बु भाषा भएको ले सिकिम लिम्बुवान भित्र थियो भन्ने कुरा लाइ स्पस्ट पार्छ | १६ औ सताब्दी tibetan मुलका नामग्याल हरु अस्तित्व मा आएर पूर्वी सिक्किम देखि भोटांग सम्म उनीहरुको राज्य बनाए | गोर्खा राज्य संग सम्झौता गरे पछि असन्तुस्ट लिम्बुहरु ले बिद्रोह गरि  सिक्किम का नामग्याल लाई सघाए | त्यस पछि गोर्खाली सेनाले सिक्कीम आक्रमण गर्दा  गोर्खा समर्थक लिम्बु हरु र सिक्किम को सरन मा गएको लिम्बुहरु ले एक अर्का मा काटाकाट पनि  गरे  अन्तमा गोर्खाली हरुले सिक्किम माथि बिजय गरे र त्यहाँ देखि भागेका लिम्बुहरु आसाम राज्य मा गएर बस्न थाले | पछि  अंग्रेज संग नेपाल ले युद्दमा हारे  पछी  सुगौली सन्धि भयो र तेतिबेला देखि आधा लिम्बुवान को पूर्वी भाग सिकिम मा र दर्जेलिंग मा विभाजित हुन् पुग्यो |  पूर्वी जर्मनी र पशिमी जर्मनी बिचको पर्खाल भत्काएर एक जर्मनी बन सम्भव भयो भने पूर्वी लिम्बुवान र पश्चिम लिम्बुवान पनि एकदिन एक लिम्बुवान बन्न सक्दैन भन्न सकिदैन तर त्यसलको लागि हामीले  धैर्यता राक्नु पर्छ |

तपाई ले समानता को कुरा र छात्रवृति को कुरा गर्नु भएछ | एकचोटी अमेरिका , अस्ट्रेलिया , यू.के . मा  छात्रवृति पाएर कति लिम्बू , राई ,गुरुङ र मगर हरु  गएका छन्  अनि कति को संक्यामा बाहुन , क्षेत्रि र मधिसे हरु गएका छन् आफै विचार गरौ है मित्र ? बिस्लेशन गर्ने जिम्मा तपाई लाइ नै दिन्छु | मैले उल्लेख गरेका बाहेक का जाति बाहेक अरु जनजाती हरु त झनै पछाडी पारिएका छन् , उनीहरुको आवाज सम्म सुनिदैन |

अहिले को ८० प्रतिसत भन्दा बादी सरकारी कर्मचारी हरु ब्रामण ,क्षेत्रि मधिसे र नेवार समुदाय बाट छन् (सेनामा बाहेक) राज्यको प्राकृतिक स्रोत को दुरुपयोग को कुरा गरेर गरि नसक्नु छ | भ्रस्टाचार मा संसारमै नाम कहलिएको छ . ५-७ हजारको जागिर खाएर ५ करोड को घर बनाउने जनजाती हरु बिरलै होलान  | जल स्रोत , बन जंगल को दुरुपयोग गर्ने र कमिसन खान मा लाटो लिम्बू हरुको दिमाग पुग्दैन झन् उद्योग धन्दा मा जनजाती हरु   कहिले पनि सहभागिता हुन् नसक्ने गरि थिचिएका छन् | हामीले आफ्नो हक र अधिकार खोज्दा बाहुन क्षेत्रि को खोस्ने कुरा गरेका छैनौ | हामीले समानता र देश निर्माण मा समान सहभागिता खोजेका हौ |
Read Full Discussion Thread for this article