Posted by: KishorLimbu April 7, 2012
ऐतिहासिक पहिचानलाइ जातीयतासंग मुछ्नु दुर्भाग्यपूर्ण
Login in to Rate this Post:     0       ?        
Nalapani ji , thanks for your commet , after all we are stlli around !
नेपाल एकीकरण भएको केवल साढे दुइ सय वर्ष भएको छ जुन इतिहासको काल खण्ड मा  कुनै लामो समय होइन | नेपाल एकिकरण ताका कुन राज्य हरु कहाँ थिए भन्ने कुरा त स्पस्ट नै छ जस्तै:  सुदुर पश्चिम को खस/ठकुरी हरुको २२ राज्य अनि मगरहरुको २४ राज्य अनि पुर्व किरात राज्य हरुको सिमाना कहाँ सम्म थियो भन्ने कुरा हरुको एतिहासिक दस्ताबेज हरु अझै सुरक्षित् छन् |
तपाई ले लिम्बुवान र खसान को  Size बराबर हुनु भएन भन्नु भयो  जुन अप्रासंगिक छ किनकि तेरो भन्दा मेरो राज्य ठुलो/सानो हुनु पर्छ भन्ने कुरा नै गलत हो | राज्य हरुको सिमाना इतिहास  भएको तथ्य हरुको को आधारमा तोक्ने हो |खस हरुको टुक्रे राज्य हरु हुनु अघि नेपालको सुदुर पचिम देखि भारत को कुमाउ क्षेत्र सम्म  बृहत खसान राज्य थियो भन्ने इतिहासकार हरुको भनाइ छ | खस/ठकुरी हरुको २२ राज्य लाइ गोर्खा राज्य मा मिलाएको हुनाले उनीहरुको साझा पहिचान खसान राज्य भनेर उक्त क्षेत्र लाइ संघिय राज्य बनाउनु उपयुक्त हुन्छ |
नेपालका खस क्षेत्रि समाज र ब्राहमण समाज ले उनीहरुलाई पनि आदि बाशी मा सुचिकृत गर्नु पर्छ भनेर आन्दोलन गरेर नेपाल बन्द पनि गरे | धेरै गैर बाहुन क्षेत्रि ले उक्त कुरा को बिरोध गरे पनि म लगायका उदारवादी विचारधारा राखने साथीहरु भने हर्षित भयौ | नेपालका सबै आदि बाशी हरुले आ-आफ्नो ऐतिहासिक राज्यहरु को दाबी गरेमा इन्डियाको इसारामा भै रहेको एक मधेस  एक प्रदेस को स्वत खारेज हुन्छ | हुनत नेपालको इतिहास लाइ केलाउने हो भने  नेपालका बाहुन र क्षेत्रि हरुले जातीयताको को कार्ड  ज्यादै कुसलता पुर्बक खेल्दै आइ रहेको छ | उनीहरु इन्डिया मा गएर हम हिन्दु , आर्य जाति है , हमार भाषा संस्कृति भी एक हे भन्छन अनि नेपाल फर्केर इन्डियाको बिरोध गर्ने ढोगगर्छन |  उसको सानो उदाहरण तल दिएको छु -
 
         " अहिले बाबुराम, माधवकुमार तथा पहिला मात्रिकाप्रसाद कोइरालासम्म कसरी प्रधामन्त्री बने ? मधेसीलाई    
          गाली  गरिन्छ तर, गैरमधेसीहरु कहिले काँही त नेपाली हुँ भन्ने पनि बिर्सन्छन् । उनीहरु हिन्दीमा भट्याउँदै
          ‘हामारा जन्म कान्याकुब्जमे हुवा था । हाम कान्याकुब्जी ब्राम्हण हे, हामारा पुर्वजओका जन्म कुमाउँ
          गढबलमा हुवा था, इसिलिए हाम कुँमाई ब्राम्हण हे । हाम और आप उपाध्याय हे और एक हि हे’ भनेर
         व्याख्या गरेको पनि यही कानले सुनेको छु"
                                                        -उपेन्द्र यादब  :  onlinkhabar को अन्तरबार्ता

नेपालका इतिहास र राजनीतिक घटना क्रम लाइ हेर्ने हो भने  चतुर ब्राह्मण हरुको सल्लाह ले खस  क्षेत्रि/ठकुरी हरुले नेपालमा अरु जाति माथि शासन गरे | २०४६ साल पछि  नेपालका कुटिल बाहुन (दरबारको नजिक हुने हरु ) र भारत सग नजिक हुने बाहुन हरुले  खस क्षेत्रि  हरुलाई पछारेर नेपालको सासन हत्याएका छन् | शासन हत्याएर त केहि थिएन यिनीहरु ले  निकट भबिस्य मा नेपाललाई भारत मा बिलय गर्ने षडयन्त्र मा लागेका छन् | नेपाल मा अनधिकृत रुपमा सन् १९८० -१९९० सम्म मा ३८  लाख भारतीय हरुलाई नेपाली नागरिकता दिएका छन् जुन भारत को अधिकारिक स्रोत ले नै किटान गरको छ |

According to figures given by the Indian Ministry of External Affairs in
1980, among the 3.8 million people of Indian origin in Nepal, 62.8 percent
had acquired Nepal’s citizenship -  Dr हर्क गुरुङ

भारत को अधिकारिक स्रोत ले ६२ प्रतिसत भने पनि तिनीहरु १०० प्रतिसत ले नै नेपाली नागरिकता लिएको मा अब कुनै शंका छैन | त्यसै गरि सन् २००६- २००७  मा लगभग ४०  लाख  नेपाली  नागरिकता बितरण गर्दा सक्कली नेपाली नागरिकहरु ले भन्दा भारत बाट छिरेका बिहारी हरुले नै नेपाली नागरिकता हात पारे | यी बाहेक नेपाल एकीकरण पश्चात धेरै भारतीय हरु नेपाल छिरेका छन् | नेपालमा लगभग ६० -७०   लाख भारतीय हरु अहिले नेपालका नागरिक भएका छन् | अब नेपालका लगभग ३० प्रतिसत जनसंख्या भएका हिन्दु ब्राहमण र क्षेत्रि हरु ले दरमा र संस्कृति अनि जातियता को आधारमा भारत मा बिलय गर्न लाइ जनमत संग्रह गरेमा त्यसको नतिजा के हुन्छ भनेर तपाई हरु जस्ता दिग्गज हरुलाई मैले भनि रहनु नपर्ला | नेपालको जनजातीहरु लाइ  त्रसित गराएको एउटा तितो यतार्थ हो यो तर सबैले यो कुरा ओकल्न हिचकिचाउछन् | अब भबिस्य ले निर्धरना गर्ने हो कि नेपालका खस क्षेत्रि र ब्राह्मण हरुले नेपाल का पिछडिएका जनजाती संग हातेमालो गरि  अघि बढ छन् कि आफ्ना गोत्र पछ्याउदै  नेपाललाई भारत मा  गाभ्ने रणनीति लाइ अगाडी बढाउछन् समयले बताउने छ |

**अरु साथी हरुको पनि Reply  गर्ने छु | कृपया तार्किक र बौद्धिक  प्रतिक्रिया हरु दिनुहोस जसले नेपाल र नेपालीको बिगत र बर्तमान को बारेमा हामी सबैले जाने बुझेका कुरा हरु एक अर्का बाट  सिक्न सकियोस **
Read Full Discussion Thread for this article